+
+

मनसुनअघि हेंवा खोलामा बेलिब्रिज जडान हुने

217 पटक हेरिएको
Clock २०८२ बैशाख ३१, बुधबार १३:१७
-- Sponsored --

AI सारांश

Fast AI

१. मेची राजमार्गअन्तर्गत पाँचथरको हेंवा खोलामा मनसुन सुरु हुनुभन्दा अघि नै बेलिब्रिज जडान हुने भएको छ।
२. हेंवा खोलाको फिदिम नगरपालिकातर्फ दुई हजार ६०० घन मिटर ग्याबिङ पर्खाल निर्माण गरिएको छ भने हिलिहाङ गाउँपालिकातर्फ बेलिब्रिजका संरचना राख्न तथा पहुँच सडक निर्माण गर्न ट्रयाक खोल्ने कार्य सम्पन्न भई सतह निर्माणको काम भइरहेको छ।
३. बेलिब्रिज जडानका लागि यसका पाटपूर्जाहरु ढुवानीको कार्य चलिरहेको र केही दिनमै ल्याइ सकिने निर्माण कम्पनीको भनाइ छ।

पाँचथर, २९ वैशाखः
मेची राजमार्गअन्तर्गत पाँचथरको हेंवा खोलामा मनसुन सुरु हुनुभन्दा अघि नै बेलिब्रिज जडान हुने भएको छ।
बेलिब्रिज जडानका लागि संरचना निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ। हेंवा खोलाको फिदिम नगरपालिकातर्फ दुई हजार ६०० घन मिटर ग्याबिङ पर्खाल निर्माण गरिएको छ । यस्तै ४०० घन मिटर पक्की पर्खाल तथा संरचना निर्माण भइरहेको छ। फिदिमतर्फ पहुँच सडक निर्माण सम्पन्न भएको छ।
हिलिहाङ गाउँपालिकातर्फ बेलिब्रिजका संरचना राख्न तथा पहुँच सडक निर्माण गर्न ट्रयाक खोल्ने कार्य सम्पन्न भई सतह निर्माणको काम भइरहेको निर्माणको ठेक्का पाएको दोभान–सुपरसौगात–लाइट विल्डर्स जेभीका प्रतिनिधि पवन भट्टराईले जानकारी दिनुभयो।
बाढीले दुई पटक पुल बगाइसकेको यस स्थानमा फिदिम नगरपालिकातर्फ पर्खालभन्दा मुनि ‘ड्रिल’ गरेर एक सय वटा फलामे पाइप खोलाको सतहसम्म गाडिएको भट्टराईको भनाइ छ । बेलिब्रिज जडानका लागि यसका पाटपूर्जाहरु ढुवानीको कार्य चलिरहेको र केही दिनमै ल्याइ सकिने निर्माण कम्पनीको भनाइ छ।
बेलिब्रिज जडान कार्यको नियमित अनुगमन गरिरहनु भएका पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइराला पुल निर्माणका लागि ठेक्का प्रक्रिया सुरुआत हुन ढिलो भएपनि ठेक्का लागेपश्चात निर्माण कार्य रफ्तारमा भइरहेको वताउनु हुन्छ । “निर्माण कार्य सुरुआत भएपछि द्रूत गतिमा काम भएको पाइन्छ। हालसम्म ८० प्रतिशत काम सम्पन्न भएको हामीले जानकारी पाएका छौं”, प्रजिअ कोइरालाले भन्नुभयो, “ढिलोमा आगामी असार १५ भित्र सवारी सञ्चालन हुने अपेक्षा गरेका छौं ।”
आगामी वर्षायामअघि नै बेलिब्रिज जडान हुने निर्माण कम्पनी, प्रशासन तथा सडक डिभिजन कार्यालय इलामको विश्वास छ। सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले जेठ मसान्तसम्ममा बेलिब्रिज जडान सम्पन्न हुने जानकारी दिनुभयो।
यही सडकले ताप्लेजुङ जिल्ला र पाँचथरका उत्तरी क्षेत्रका नागरिकलाई मुख्य सडक सञ्जालमा जोडेको छ। बाढीले बेलिब्रिज बगाएको लामो समयसम्म पनि निर्माण कार्य सुरुआत हुन नसक्दा यी क्षेत्रका नागरिक वर्षायाममा सडक सम्पर्कबाट विच्छेद हुने चिन्तामा छन। तर मनसुनअघि नै बेलिब्रिज जडान गरी जनजीवन सहज बनाउने, आर्थिक तथा पर्यटकीय गतिविधिलाई सुचारु राख्ने कुरामा प्रशासनले ध्यान दिएको र निर्माण कार्यको आफूले २० पटकभन्दा बढी अनुगमन गरेको प्रजिअ कोइरालाको भनाइ छ।
सडक डिभिजन कार्यालय इलामले दोभान–सुपरसौगात–लाइट विल्डर्स जेभीलाई रु. तीन करोड ४९ लाखको लागतमा बेलिब्रिज ढुवानी, संरचना तथा पहुँचमार्ग निर्माण र बेलिब्रिज जडानको ठेक्का लगाएको छ। मेची राजमार्गअन्तर्गत हेंवा खोलामा रहेको पक्की पुल वि.सं. २०८० असार ३ गते आएको बाढीले बगाएपछि बेलिब्रिज जडान गरिएको थियो। तर बेलिब्रिज समेत ०८१ असोज १२ गतेको बाढीले बगाएको थियो।
बेलिब्रिज बगाएपछि अहिले सवारीका साधन खोलामा निर्माण गरिएको डाइभर्सनबाट वारपार गर्दै आएका छन। तर वर्षा सुरु हुनासाथ बाढीले डाइभर्सन बगाउने खतरा रहेको छ। हेंवा खोलाको मुहान क्षेत्र ठूलो हुनुका साथै धेरै वर्षा हुने हुँदा वर्षायाममा वर्षेनि बाढी आउने गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win