+
+

रूम हिटरको सही प्रयोग नगरे लिन सक्छ ज्यान, उपाय जान्नुहोस्

83 पटक हेरिएको
Clock २०८१ पुष १, सोमबार ०९:३७
-- Sponsored --

AI सारांश

Fast AI

१. रुम हिटरको सही प्रयोग गरिएन भने यसले तपाईको ज्यान समेत लिन सक्छ, कार्बन मोनोअक्साइड ग्याँस निस्किएर मान्छेको ज्यान लिन्छ।
२. बन्द कोठामा लामो समयसम्म रुम हिटर वा ब्लोअरहरू चलाउन नदिनुपर्छ, कोठा बन्द भएमा अक्सिजनको कमी हुन्छ र निसास्सिन सक्छ।
३. हिटर चलाउँदा कोठाको झ्याल पूर्ण रूपमा बन्द नहोस् भन्ने कुरामा ध्यान दिनुपर्छ, कोठामा ताजा हावा भेन्टिलेसनको लागि ठाउँ बनाउनु पर्छ।

काठमाडौं, १ पुस । रुम हिटरको सही प्रयोग गरिएन भने यसले तपाईको ज्यान समेत लिन सक्छ।

रुम हिटरको प्रयोगका कारण आजकाल धेरैको ज्यान जाने गरेको घटना सार्वजनिक भइरहेकाले हामीले यो भनिरहेका छौं।

बारम्बार हामीले सुनिरहेका हुन्छौ कि हिटर बालेर सुतेको मान्छे बिहान शवको रूपमा भेटिएको छ । धेरै मानिसहरूलाइ उनको घरको सुत्ने कोठामा फेला पारिएकाे छ। खासमा हिटर चलाएको कोठामा सुतेको मान्छे मृत्यु हुनुको मुख्य  कारण हिटरबाट निस्किएको कार्बन मोनोअक्साइड ग्याँस हो, जो  मान्छेको ज्यान पनि लिन्छ र लिईरहेको हुन्छ।

जाडोमा, मानिसहरू प्रायः आफ्नो बेडरूममा हिटर वा ब्लोअर लगाएर सुत्छन्। रुम हिटरले केही मिनेट मै कोठा तताउँछ तर यसले स्वास्थ्यमा धेरै साइड इफेक्ट पनि गर्छ। लामो समयसम्म लगातार प्रयोग गर्दा धेरै अवस्थामा यसले ज्यानसमेत लिन सक्छ।

त्यसैले यसको प्रयोगमा सावधानी अपनाउनुपर्छ। त्यसोभए हामी भन्ने छौँ यदि तपाईले रुम हिटर प्रयोग गर्नुहुन्छ भने कम्तिमा तपाईले तलका कुराहरू ध्यान दिनुपर्ने  हुन्छः

– रुम हिटर प्रयोग गर्नुअघि राम्ररी सफा गर्नुहोस्। यसो गर्दा यसमा जमेको धुलो हट्छ र हिटर प्रयोग गर्दा गन्ध पनि आउँदैन।

– बन्द कोठामा लामो समयसम्म रुम हिटर वा ब्लोअरहरू चलाउन नदिनुहोस्। हिटर चलाउँदा कार्बन मोनोअक्साइड ग्याँस निस्कन्छ, जुन गन्धविहीन विषाक्त ग्याँस हो। कोठा बन्द भएमा अक्सिजनको कमी हुन्छ । यस्तो अवस्थामा लामो समयसम्म हिटर चलाउँदा निसास्सिन सक्छ ।

– दिन होस् वा रात, हिटर बालेर सुत्नु हुँदैन । सुत्नु अघि हिटर बन्द गर्नुहोस् र बच्चाहरूबाट टाढा ठाउँमा राख्नुहोस्।

– हिटर चलाउँदा कोठाको झ्याल पूर्ण रूपमा बन्द नहोस् भन्ने कुरामा ध्यान दिनुहोस् । कोठामा ताजा हावा भेन्टिलेसनको लागि ठाउँ बनाउनु होस्। तपाईंले हीटर चलाउँदा झ्यालहरू थोरै खुला छोड्न सक्नुहुन्छ।

–  हिटरको वरिपरि प्लाष्टिकको झोला, कागज वा त्यस्ता ज्वलनशील वस्तु नराख्नुहोस्। यस्ता कारणले चोटपटक लाग्ने खतरा हुन्छ।

– तपाईको घरमा दम वा श्वासप्रश्वासका बिरामी छन् भने कोठामा हिटर चलाउनबाट जोगिनुहोस्। दमका बिरामीहरूलाई हिटरको समस्या हुन सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win