+
+

चासोक तङनामको अवसरमा लिम्बू पत्रकार संघ पाँचथरको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

150 पटक हेरिएको
Clock २०८२ पुष १२, शनिबार ०८:३८
-- Sponsored --

AI सारांश

Fast AI

यस नेपाली समाचारलाई ३ वटा बुँदामा छोटो सारांश यहाँ छ:

* लिम्बू पत्रकार संघ पाँचथरद्वारा पुस ११ गते शुक्रबार याक्थुङ लिम्बूहरूको महान पर्व चासोक तङनामको अवसरमा विशेष शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ।
* कार्यक्रममा चासोक तङनामको सांस्कृतिक महत्व र उपादेयताबारे प्रकाश पारिएको थियो र डा. मधुराज केरुङले चासोक तङनामको मुन्धुमी मिथक र दर्शनबारे प्रस्तुति दिनुभएको थियो।
* कार्यक्रममा विभिन्न सामाजिक संघसंस्था, पत्रकारसम्बद्ध संगठन तथा मिडिया हाउसका प्रमुख एवं प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

पाँचथर । लिम्बू पत्रकार संघ पाँचथरद्वारा पुस ११ गते शुक्रबार याक्थुङ लिम्बूहरूको महान पर्व चासोक तङनामको अवसरमा विशेष शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ।

लिम्बू पत्रकार संघ पाँचथरले नेपाल पत्रकार महासंघ पाँचथरको सभाहलमा आयोजना गरेको उक्त कार्यक्रममा चासोक तङनामको सांस्कृतिक महत्व र उपादेयताबारे प्रकाश पारिएको थियो। कार्यक्रममा डा. मधुराज केरुङले चासोक तङनामको मुन्धुमी मिथक र दर्शनबारे प्रस्तुति दिनुभएको थियो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा लिम्बू पत्रकार संघका तुम्याहाङ विजयबोध लावती रहनुभएको थियो। त्यस्तै, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् पाँचथरका अध्यक्ष सागर केरुङ, नेपाल पत्रकार महासंघ पाँचथरका अध्यक्ष भीमकुमार बास्कोटा तथा विभिन्न पेशागत पत्रकार संगठनहरूको तर्फबाट प्रेस युनियन पाँचथरका अध्यक्ष खबिन लुईटेलले शुभकामना मन्तव्य राख्नुभएको थियो।

शुभकामना आदान–प्रदान कार्यक्रममा विभिन्न सामाजिक संघसंस्था, पत्रकारसम्बद्ध संगठन तथा मिडिया हाउसका प्रमुख एवं प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रम लिम्बू पत्रकार संघ जिल्ला कार्यसमिति पाँचथरका अध्यक्ष रजनी हाङसरुम्बाको अध्यक्षतामा सम्पन्न भएको सचिव इवारा जवेगु लिम्बूले जानकारी दिनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win