Comments Add Comment

कर्णाली याक्सले निकाल्यो तेस्रो जीत

काठमाडौं । कर्णाली याक्सले तेस्रो जित निकालेको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो खेलमा पोखरा एभेन्जर्सलाइ हराउँदै कर्णालीले तेस्रो पटक जीत हासिल गरेको हो ।

पोखरा एभेन्जर्सले दिएको सामान्य १०४ रनको लक्ष्य कर्णालीले जम्मा १५ ओभरमा ३ विकेट गुमाएर पुरा गर्न सफल भयो ।

कर्णालीका गुल्सन झाले सर्वाधिक ४९ रन जोडेका थिए भने जसमा ३७ बलमा गुल्सनले ३ चौका र ४ छक्का प्रहार पनि गरेका थिए ।

चाडविक वाल्टनले ४२ रन बनाए बलिङमा बिपिन खत्री, सागर ढकाल र कप्तान कुशल भुर्तेलले एकएक विकेट लिन सफल भए ।

यस अघ पोखरा एभेन्जर्स कर्णालीविरुद्ध टस जितेर पहिला ब्याटिङमा उत्रे पनि अन्ततः पोखरा १६.३ ओभरमा १०३ रनमा सिमित हुनु परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै