0 प्रतिक्रिया
उपचारका लागि आएका १० प्रतिशतमा उच्च रक्तचापको समस्या
पाँचथरका स्वास्थ्य संस्थामा परीक्षण तथा उपचारका लागि आएकामध्ये १० प्रतिशत विरामी उच्च रक्तचापका रहेको पाइएको छ।
स्वास्थ्य कार्यालय पाँचथरले जिल्लाका स्वास्थ्य संस्थाको वार्षिक प्रगति समीक्षापश्चात तयार पारेको प्रतिवेदनअनुसार स्वास्थ्य परीक्षण तथा उपचारका लागि आएकामध्ये सबैभन्दा धेरै उच्च रक्तचापका विरामी रहेका छन। पाँचथरमा गत आ.व. २०८२-०८३ मा जिल्लाका आठ वटै स्थानीय तहका सबै स्वास्थ्य संस्थामा कूल ७० हजार १६७ जना विरामी आएका थिए। जसमध्ये सात हजार ५४३ जनामा उच्च रक्तचापको समस्या देखिएको हो।
यसैगरी छ हजार ११४ जनामा ग्याष्ट्रिक, पाँच हजार ४४१ जनामा टनसिल, तीन हजार ८१० जनामा काटिएको तथा चोटपटक र दुई हजार ५७५ जनामा आँखा पाक्ने रोगको समस्या देखिएको छ। एक हजार ९१९ जनामा झाडापखाला, एक हजार ८४८ जनामा दृष्टि धमिलो हुने समस्या, एक हजार ७३६ जनामा घाँटी दुख्ने समस्या, एक हजार ५०४ जनामा आन्द्राको समस्या र एक हजार ३७१ जनामा नाकभित्रको समस्या देखिएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख महेश सुनारले जानकारी दिनुभयो। सबै स्वास्थ्य संस्थाहरुमा परीक्षण तथा उपचारका लागि आएका विरामीहरुमा देखिएका स्वास्थ्य समस्याहरु मध्ये कार्यालयले १० वटा मुख्य समस्याहरुको पहिचान गरेको छ।
गत आ.व.मा याङवरक गाउँपालिकाका स्वास्थ्य संस्थाहरुमा छ हजार ७०४ जना, हिलिहाङ गाउँपालिकाका स्वास्थ्य संस्थाहरुमा पाँच हजार ५९६ जना, फालेलुङ गाउँपालिकाका स्वास्थ्य संस्थाहरुमा पाँच हजार १७७ जना, फिदिम नगरपालिकाका स्वास्थ्य संस्थाहरुमा २३ हजार २८ जना, फाल्गुनन्द गाउँपालिकाका स्वास्थ्य संस्थाहरुमा आठ हजार ५२४ जना, कुम्मायक गाउँपालिकाका स्वास्थ्य संस्थाहरुमा छ हजार ६६ जना, तुम्बेवा गाउँपालिकाका स्वास्थ्य संस्थाहरुमा आठ हजार ४८६ जना र मिक्लाजुङ गाउँपालिकाका स्वास्थ्य संस्थाहरुमा छ हजार ५८६ जना गरी कूल ७० हजार १६७ जना विरामी अन्तरङ्ग सेवा विभाग (ओपीडी)मा जाँच तथा उपचारका लागि आएका थिए।
स्वास्थ्य कार्यालयका प्रमुख सुनारका अनुसार अहिले हरेक चार जना बयस्कमा एक जनालाई उच्च रक्तचापको समस्या देखिने गरेको छ। विशेषतः धुम्रपान र मद्यपान, शारीरिक ब्यायामको कमी, मानसिक तनाब, अस्वस्थकर खानपिन, वायु प्रदुषणले रक्तचाप र मधुमेह बढ्न मद्दत गरेको हुन्छ। “स्वस्थ जीवनशैलीले मात्रै रक्तचापलाई सन्तुलनमा राख्न सक्छ। नियमित रुपमा स्वास्थ्य परीक्षण पनि गराउनु पर्छ”, सुनारले भन्नुभयो, “समस्या नआएसम्म चेकजाँच नगराउने बानीले समस्या पारिरहेको छ।”
उच्च रक्तचाप, मधुमेहजस्ता नरसर्ने रोगको पहिचान र उपचारका लागि वर्षेनि फागुन महिनालाई नसर्ने रोगको पहिचान महिनाका रुपमा मनाइ रोग पहिचान र उपचारको दायरामा ल्याउने, कोशी प्रदेश सरकारको ‘मेरो स्वास्थ्य मे जिम्मेवारी’ को अवधारणाअनुसार सचेतनाका कार्यक्रम सञ्चालन भइरहेको सुनारले वताउनुभयो। गत आ.व.मा जिल्लाका अधिकांश स्थानीय तहहरुले नसर्ने रोग पहिचान अभियान सञ्चालन गरेका थिए। स्वास्थ्य कार्यालयले सञ्चालन गरेको अभियानअन्तर्गत नौ हजार जनामा स्किृनिङ गर्दा ६९५ जनामा नसर्ने रोग पहिचान भएको थियो।
यस्तै जिल्लाको हिलिहाङ गाउँपालिकाले सेटलाइट क्लिनिकमार्फत धार्मिक/सामाजिक कार्यक्रमका सहभागीको स्वास्थ्य परीक्षण गर्दा उल्लेख्य मात्रामा मानिसहरुमा नसर्ने रोगहरु देखिएको शाखाका प्रमुख चन्द्रप्रसाद घिमिरेको भनाइ छ। “ठूलो समस्या नभएसम्म स्वास्थ्य परीक्षण र उपचार नगराउने बानीका कारण नगर्ने रोगले अकालमा मानिसहरुको ज्यान गइरहेको छ”, घिमिरेले भन्नुभयो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories






