+
+

कुम्मायकमा एमालेको जराकेन्द्रित अभियान

180 पटक हेरिएको
Clock २०८१ फाल्गुन २१, बुधबार ११:२५
-- Sponsored --

पाँचथर-नेकपा एमाले कुम्मायक गाउँपालिका कमिटीको आयोजनामा कुम्मायक–१ स्थीत गाउँपालिकाको सभाहलमा वडास्तरीय जराकेन्द्रित कार्यक्रम सम्पन्न भएको छ। एमालेको नीति, सिदान्त र योजनालाई तल्लो तहसम्म प्रशिक्षण गराउने उदेश्यले जराकेन्द्रित अभियान संचालन गरिएको हो। कार्यक्रमका प्रमुख अथिति नेकपा एमालेका पुर्वमन्त्री, केन्द्रिय सदस्य तथा पाँचथर क्षेत्र नं. “ख” का इन्चार्ज श्री प्रसाद जबेगुले एमालेको नीति र सिद्धान्तको विषयमा सहभागीहरुलाई जानकारी गराउँनु भएको थियो। उहाँले एमालेले जनतामाझ लोकप्रिय काम गरेको भन्दै यो विषयलाई जनतासमक्ष प्रचारप्रसार गर्न पाटी र जनबर्गीय संगठनका पदाधिकारीहरुलाई निर्देशन दिनुभयो। सोही कार्यक्रमकको  विशिष्ट अथिति नेकपा एमाले केन्द्रिय सदस्य तथा “क” क्षेत्र इन्चार्ज आशारत्न जबेगु, जिल्ला अध्यक्ष विष्नु प्रसाद सापकोटा, उपाध्यक्ष बीर बहादुर कुरुम्वाङ, अखिल नेपाल महिला संघ केन्द्रीय कमिटी सदस्य,पाँचथर इन्चार्ज तथा नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य करुणा राई लगायतले सम्बोधन गर्नुभएको थियो।

कार्यक्रममा जिल्ला कमिटी सचिवालय सदस्य मुक्ति आचार्य, जिल्ला सदस्य भिम प्रसाद सम्बाहाम्फे, देशु चेम्जोङ कुम्मायक गाउँपालिका कमिटीका पदाधिकारी ,५ वटै वडाका वडा कमिटी, जनवर्गीय संगठनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। कार्यक्रम पालिका कमिटी अध्यक्ष मेघराज निरौलाको अध्यक्षतामा सम्पन्न भएको थियो।

विगतमा एमालेले दुई महिने मिसन ग्रासरुट अभियान चलाएको थियो । सम्पूर्ण पार्टी पंक्ति परिचालन गरी २०८० वैशाखसम्म सञ्चालित तीन महिने मिसन ग्रासरुट अभियानबाट एमालेले पार्टीको कमजोरी पहिचान गरेको थियो।

उक्त मिसन ग्रासरुट अभियानको समीक्षाका आधारमा एक वर्षे सुदृढीकरण कार्यक्रम सञ्चालन गरेको थियो । २०८० सालभर सञ्चालित एक वर्षे अभियान अन्तर्गत एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रीय समृध्दि का लागि संकल्प अभियान चलायो। यही अवधिमा प्रदेश, जिल्ला र जनसंगठनहरूको अधिवेशन गरी नेतृत्व परिवर्तन गरेको थियो।
अहिले वडाकेन्द्रित अभियान सञ्चालन गरिरहेको छ। यो अभियान आगामी १५ वैशाखसम्म सकिने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win