+
+

कुम्मायक कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकप: पाँचथर एफ.सी.लाई हराउँदै पथरी–११ सेमिफाइनलमा

3 पटक हेरिएको
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न प्ले गर्नुहोस्
Clock २०८३ बैशाख २२, मंगलवार २०:४४
-- Sponsored --

AI सारांश

Fast AI

१. पथरी–११ फुटबल क्लबले पाँचथर एफ.सी.लाई २–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
२. खेलको ‘म्यान अफ द म्याच’ पथरी–११ फुटबल क्लब मोरङका खेलाडी सौर्य रावत घोषित हुँदै नगद रु. ७,००० प्राप्त गरे।
३. प्रतियोगिताको विजेताले रु. ४,२५,५५५ तथा उपविजेताले रु. २,१२,७७७ नगद पुरस्कार प्राप्त गर्नेछन्।

मनोज थापा, पाँचथर

पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा जारी दोस्रो कुम्मायक कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकप–२०८३ को चौथो दिन मंगलबारको खेलमा पथरी–११ फुटबल क्लबले जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

पृथ्वी मा.वि.को खेलमैदानमा सम्पन्न खेलमा पथरी–११ ले पाँचथर एफ.सी.लाई २–१ गोलअन्तरले पराजित गरेको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेल दोस्रो हाफमा भने निकै रोमाञ्चक बनेको थियो।

खेलको ६२ औँ मिनेटमा पाँचथर एफ.सी.का विदेशी खेलाडी रिचार्डले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर त्यो अग्रता लामो समय टिक्न सकेन। ठीक दुई मिनेटपछि पथरी–११ का धिरेन क्षेत्रीले उत्कृष्ट गोल गर्दै खेललाई १–१ को बराबरीमा फर्काए।

त्यसपछि खेलको ६८ औँ मिनेटमा सौर्य रावतले निर्णायक गोल गर्दै पथरी–११ लाई २–१ को जित दिलाए। उनको उक्त गोल नै पथरीको सेमिफाइनल यात्रा सुनिश्चित गर्ने आधार बन्यो।

खेलको ‘म्यान अफ द म्याच’ पथरी–११ फुटबल क्लब मोरङका खेलाडी सौर्य रावत घोषित हुँदै नगद रु. ७,००० प्राप्त गरे। त्यस्तै ‘फ्यान अफ द म्याच’ बसन्ती सम्बाहाम्फे घोषित हुँदै नगद रु. १,५०० प्राप्त गरिन्।

जितसँगै पथरी–११ फुटबल क्लब प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ भने पाँचथर एफ.सी. प्रतियोगिताबाट बाहिरिएको छ। मंगलबार भएको प्रतियोगिता कार्यक्रमका प्रमुख अतिथि फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङ्देम्बे रहनुभएको थियो।

यलम्बर युवा संस्थाद्वारा त्रिशाली पूजा तथा मेलाको अवसरमा आयोजना गरिएको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ। बैशाख २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले रु. ४,२५,५५५ तथा उपविजेताले रु. २,१२,७७७ नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने विभिन्न विधाका खेलाडीलाई नगदसहित आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न यहाँ थिच्नुहोस्
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win