+
+

फिदिम खेलमैदान निर्माणको ढिलासुस्तीप्रति सरकारलाई ध्यानाकर्षण, शीघ्र सम्पन्न गर्न माग

23 पटक हेरिएको
Clock २०८३ जेष्ठ ६, बुधबार १५:१९
-- Sponsored --

AI सारांश

Fast AI

१. प्रतिनिधिसभा सदस्य भूमिका लिम्बु सुब्बाले फिदिम खेलमैदान निर्माणमा भएको ढिलासुस्तीका कारण सरकारलाई ध्यानाकर्षण गराउनुभएको छ।
२. फिदिम खेलमैदान निर्माणको काम ४० प्रतिशत मात्रै सम्पन्न भएको छ, जबकि ६० प्रतिशत काम अधुरो रहेको छ।
३. सांसद सुब्बाले सरकारलाई आवश्यक बजेट व्यवस्थापन गरी खेलमैदान निर्माण कार्य अविलम्ब सम्पन्न गर्ने माग गर्नुभएको छ।

मनोज थापा

पाँचथर । प्रतिनिधिसभा सदस्य भूमिका लिम्बु सुब्बा ले बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै फिदिम खेलमैदान निर्माणमा भएको ढिलासुस्तीप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ।

उहाँले पाँचथरको “ड्रिम प्रोजेक्ट” का रूपमा रहेको फिदिम खेलमैदान २०७६ सालमा डेढ वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भए पनि हालसम्म करिब ४० प्रतिशत मात्रै काम सम्पन्न भएको र ६० प्रतिशत काम अधुरो रहेको बताउनुभयो।

निर्माणमा भएको चरम ढिलासुस्ती र लापरवाहीका कारण जिल्लाका हजारौं युवा, विद्यार्थी तथा राष्ट्रियस्तरका खेल गतिविधि प्रभावित भएको भन्दै उहाँले खेलकुद विकासमै गम्भीर असर परेको उल्लेख गर्नुभयो।

सांसद सुब्बाले सभामुखमार्फत सरकारसँग आवश्यक बजेट व्यवस्थापन गरी खेलमैदान निर्माण कार्य अविलम्ब सम्पन्न गर्न माग गर्नुभएको छ।

त्यसैगरी, वर्षायाम सुरु भएसँगै पाँचथरसहित देशभर बाढी–पहिरोको जोखिम बढ्दै गएको उल्लेख गर्दै उहाँले उच्च जोखिम क्षेत्रको तत्काल अनुगमन, पूर्वतयारी तथा विपद् आउनुअघि वैकल्पिक व्यवस्थापन गर्न सरकारसँग आग्रह गर्नुभएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win