+
+

आर्थिक वर्ष २०८३/८४ को बजेटः कृषि क्षेत्रको पुनरुत्थानमा सरकारको उच्च प्राथमिकता

101 पटक हेरिएको
Clock २०८३ जेष्ठ १५, शुक्रबार १७:५२
-- Sponsored --

AI सारांश

Fast AI

१. आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमा रासायनिक मल खरिदका लागि रु ३२ अर्ब ३६ करोड पुर्‍याइएको छ।
२. ग्रिन युरिया मल उत्पादन गर्न निजी क्षेत्रलार्ई विद्युत् सहुलियत उपलब्ध गराइने पनि बजेट वक्तव्यमा उल्लेख गरिएको छ।
३. कृषि तथा पशुपन्छी विकासका लागि रु ४६ अर्ब ९२ करोड बजेट विनियोजन गरिएको छ।

काठमाडौँ, १५ जेठः कृषि क्षेत्रको पुनरुत्थानलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ। सङ्घीय संसद्को संयुक्त बैठकमा आज अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमा रासायनिक मल खरिदका लागि बजेट वृद्धि गरी रु ३२ अर्ब ३६ करोड पुर्‍याइएको उल्लेख छ। ग्रिन युरिया मल उत्पादन गर्न निजी क्षेत्रलार्ई विद्युत् सहुलियत उपलब्ध गराइने पनि बजेट वक्तव्यमा उल्लेख गरिएको छ।

पशु चौपायामा लाग्ने खोेरेत रोग नियन्त्रण गर्न रु २४ करोड बजेटको व्यवस्था गरिएको छ। कृषि तथा पशुपन्छी विकासका लागि रु ४६ अर्ब ९२ करोड बजेट विनियोजन गरिएको पनि अर्थमन्त्री वाग्लेले सुनाउनुभयो।

किसानलाई ४० प्रतिशतसम्म अनुदान, अनुदान वार्षिक १० प्रतिशतका दरले दिइने बजेट वक्तव्यमा उल्लेख छ। कृषि अनुदानको सदुपयोगका लागि विशेष अनुगमन गरिने भएको छ। कृषि अनुसन्धान तथा विकास केन्द्रका माध्यमबाट कृषि क्षेत्रको विकास गरिने भएको छ। कृषि तथ्याङ्क प्रणालीलाई राष्ट्रिय तथ्याङ्क कार्यालयअन्तर्गत ल्याइने पनि बजेट वक्तव्यमा उल्लेख गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win