0 प्रतिक्रिया
विशिष्टकृत समूहहरुबीच संवादमार्फत दलित समुदायका सवाल पहिचान कार्यशाला सुरु
AI सारांश
Fast AIनिम्नलिखित ३ वटा बुँदामा यस समाचारको सारांश प्रस्तुत छ:
* पाँचथर जिल्लामा "विशिष्टिकृत समूहहरुसंग संवादमार्फत दलित समुदायका सवाल पहिचान" कार्याशाला आयोजना गरिएको छ, जसको उदेश्य स्थानीय तहमा नीतिगत सचेतनामार्फत जातिय विभेद तथा छुवाछुतलाई अन्त्य गर्नु हो।
* कार्यक्रममा जिल्लाका दलित अगुवाहरू, सरोकारवालाहरू, र जनप्रतिनिधिहरुसंग संवाद र छलफल गरिएको छ, जसमा जिल्लामा दलित समुदायको अवस्था, समस्या, अवसर, र नीतिगत सुधारका आवश्यकताहरु विषयमा छलफल भएको थियो।
* कार्यक्रमलाई प्रमुख अतिथि जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङदेम्बेले सम्बोधन गर्दै, विभेदरहित समाजको परिकल्पना गर्नुभएको छ, र जिल्ला समन्वय समितिले सबै स्थानीय तहमा नीतिगत ऐन कानुन बनाउने आश्वासन दिनुभयो।
पाँचथर । स्थानीय तहमा नीतिगत सचेतनामार्फत जातिय विभेद तथा छुवाछुतलाई अन्त्य गर्ने उदेश्यले “विशिष्टिकृत समूहहरुसंग संवादमार्फत दलित समुदायका सवाल पहिचान ” कार्याशाला चैत्र २२ गतेदेखी सुरु भएको छ।
तिन दिन सम्म सञ्चालन हुने कार्यक्रमको पहिलो दिन जिल्लाभरका दलित अगुवाहरुसंग छलफल, दोस्रो दिन जिल्लाका सरोकारवालाहरुसंग र अन्तिम दिन जनप्रतिनिधीहरुसंग संवाद तथा छलफल हुने आयोजक मानव अधिकार मञ्च, इलामका अध्यक्ष देवेन्द्र विश्वकर्माले बताउनुभयो।
पाँचथरका आठ ओटै पालिकाबाट दलित समुदायका अगुवाहरुको सहभागितामा आयोजना भएको कार्यक्रममा जिल्लामा दलित समुदायको अवस्थाको विषयमा छलफल भएको थियो।
कार्यक्रममा सहभागिहरुले स्थानीय तहमा दलित समुदायले भोगिरहेको समस्या, अवसर तथा नीतिगत सुधारका आवश्यकताहरु औल्याएका थिए। शिक्षा, रोजगारी सामाजिक समावेशीता जस्ता संविधानप्रद्धत्त पाउने सेवा सुविधाहरुमा पनि बञ्चित हुनु परेको उनीहरुको गुनासो छ।
प्रमुख अतिथि, जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङदेम्बेले कार्यक्रमलाई सम्बोधन गर्दै विभेदरहित समाजको परिकल्पना गर्नुभएको छ। “उहाँले भन्नुभयो” शिक्षा प्रमुख आधार हो, मानिस शिक्षीत भए चेतना फैलिने र समाज परिवर्तन हुने छ। यसका साथै जिल्ला समन्वय समितिको समन्वयमा सबै स्थानीय तहमा नीतिगत ऐन कानुन बनाउने आश्वासन समेत दिनुभयो।
मानव अधिकार मञ्च नेपाल, इलामद्धारा आयोजित तिन दिने कार्याशाला मिजेरियो, जर्मनीको आर्थिक सहयोग र जिल्ला समन्वय समिति पाँचथरले समन्वय गरेको आयोजकले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
muktinath bikash bank
4 Stories
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
2 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories
एसियान पैन्ट
7 Stories











