0 प्रतिक्रिया
तेह्रथुम आठराईमा सामूहिक कुटपिटपछि एक व्यक्तिलाई आगो लगाइयो, बिर्तासिटीमा उपचार हुदै
AI सारांश
Fast AIयस नेपाली समाचारको ३ वटा बुँदामा छोटो सारांश यस प्रकार छ:
* तेह्रथुमको आठराई गाउँपालिका ५ छातेढुंगा अर्चले चिसापानिमा एक व्यक्तिलाई सामुहीक कुटपिट पछि आगो लगाएर हत्या गर्ने प्रयास गरेका छन।
* ५५ वर्षीय धनपति प्रसाईलाई कुटपिट गरेपछि सेउला र झिक्राले छोपी आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
* कुटपिटमा संलग्न चार जनालाई नै पक्राउ गरी अनुसन्धान भइरहेको छ, र घाइते धनपति प्रसाईलाई थप उपचारका लागि बिर्ता सिटी अस्पताल झापामा लगिएको छ।
तुलसी सिटौला (तेह्रथुम)
तेह्रथुमको आठराई गाउँपालिका ५ छातेढुंगा अर्चले चिसापानिमा बिहीबार चार जनाले एक व्यक्तिलाई सामुहीक कुटपिट पछि आगो लगाएर हत्या गर्ने प्रयास गरेका छन।
अर्चलेमा मेला भरेर घर फर्कने क्रममा आठराई गाउँपालिका ४ इवा ढोडेनीका ५५ वर्षीय धनपति प्रसाईलाई चिसापानिमा बाटो छेकेर कुटपिट गरेका थिए ।
कुटपिट पछि घाइते भइ ढलेका प्रसाईलाई सेउला र झिक्राले छोपी आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
आगोले प्रसाईको देब्रे कानको भाग डढेको छ। घाइतेको जिल्ला अस्पताल पॉचथरमा सामन्य उपचार पछी थप उपचारका लागि बिर्ता सिटी अस्पताल झापा लगिएको बताईएको छ।
कुटपिटमा संलग्न चार जनालाई नै पक्राउ गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय सक्रान्ति बजारका प्रमूख बिशाल लिम्बुले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









