0 प्रतिक्रिया
रेड स्टार एफसी झापाले जित्यो फिदिम भेट्रान्स गोल्डकपको उपाधि
AI सारांश
Fast AI१. रेड स्टार एफसी बिर्तामोड झापाले फिदिम भेट्रान्स क्लबलाई ४–२ गोलले पराजित गर्दै दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण फिदिम भेट्रान्स गोल्डकपको उपाधि जितेको छ।
२. रेड स्टार एफसीले उपाधिसँगै १ लाख ५ हजार ५५५ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता फिदिम भेट्रान्स क्लबले ५५ हजार ५५५ नगद, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ।
३. विधागत उत्कृष्ट खेलाडीहरूमा सर्वोकृष्ट खेलाडी भुपेन जबेगु (रेड स्टार एफसी बाट), बेस्ट फरवार्ड बुद्ध चेम्जोङ (रेड स्टार एफसी बाट), बेस्ट गोलरक्षक मिनबहादुर बस्नेत (रेड स्टार एफसी बाट) घोषित भएका थिए।
पाँचथर- “उमेरले हैन, उत्साहले खेलौँ” भन्ने नाराका साथ पाँचथरको फिदिममा सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण फिदिम भेट्रान्स गोल्डकपको उपाधि रेड स्टार एफसी बिर्तामोड झापाले जितेको छ। शनिबार फिदिम माविको खेल मैदानमा सम्पन्न फाइनल खेलमा आयोजक फिदिम भेट्रान्स क्लबलाई ४–२ गोलले पराजित गर्दै रेड स्टारले उपाधि उचालेको हो।
फाइनल खेलमा रेड स्टारका खेमराज पोखरेलले ह्याट्रिक गर्दा बुद्ध चेम्जोङले एक गोल थपेका थिए। आयोजक फिदिमका अशोक लिम्बु र सुवास लिम्बुले भने समान एक-एक गोल गरेका थिए।
रेड स्टार एफसीले उपाधिसँगै १ लाख ५ हजार ५५५ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। भने उपविजेता फिदिम भेट्रान्स क्लबले ५५ हजार ५५५ नगद, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ।
विधागत उत्कृष्ट खेलाडीहरूमा सर्वोकृष्ट खेलाडी: भुपेन जबेगु (रेड स्टार एफसी बाट), बेस्ट फरवार्ड: बुद्ध चेम्जोङ (रेड स्टार एफसी बाट), बेस्ट गोलरक्षक: मिनबहादुर बस्नेत (रेड स्टार एफसी बाट), बेस्ट डिफेन्डर: अनिल चुडाल (फिदिम भेट्रान्स क्लब बाट), बेस्ट मिडफिल्डर: प्रदेश केसी (फिदिम भेट्रान्स क्लब बाट), हाइ स्कोरर: खेमराज पोखरेल (रेड स्टार एफसी बाट), मस्ट भेट्रान्स प्लेयर: हर्कराज नेम्बाङ (बौद्ध भेट्रान्स रानिटार बाट), बेस्ट कोच: प्रेमकृष्ण श्रेष्ठ (रेड स्टार एफसी बाट) घोषित भएका थिए | सर्वोकृष्ट खेलाडीले ५ हजार नगद प्राप्त गरे भने अन्य विधागत उत्कृष्ट खेलाडीहरूले २ हजार २ सय नगद प्राप्त गरेका थिए |
रेड स्टार एफसीका कप्तान राजकुमार श्रेष्ठ फाइनल खेलको म्यान अफ द म्याच घोषित हुदै उनले नगद २ हजार २ सय प्राप्त गरेका छन्
माघ ९ गतेदेखि सुरु भएको गोल्डकप माघ १२ गते शनिबार भव्य रूपमा सम्पन्न भएको हो। प्रतियोगिताले स्थानीय खेलकुदको विकास र भेट्रान्स खेलाडीहरूको उत्साह अभिवृद्धि गर्न सहयोग पुगेको फिदिम भेट्रान्स क्लबका अध्यक्ष रोशन कुमार श्रेष्ठले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









