+
+

चुलाचुलीमा अस्पताल सञ्चालन गर्न ‘समावेशी श्रीमद् भागवत सप्ताह महापुराण’

52 पटक हेरिएको
Clock २०८१ कार्तिक २७, मंगलवार ०९:३४
-- Sponsored --

AI सारांश

Fast AI

१. चुलाचुली गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल निर्माण पूरा भएको छ, जसको निर्माण सङ्घीय सरकारको सहयोगमा रु १२ करोड ९० लाख लागतमा गरिएको हो।
२. अस्पताल भवन निर्माण पूरा भएको भएता पनि सञ्चालन गर्न आर्थिक समस्या भएकाले समावेशी श्रीमद् भागवत सप्ताह महापुराण आयोजना गरिएको छ।
३. महापुराणबाट सङ्कलित रकमबाट अस्पताल सञ्चालनका लागि छुट्टै दिगो अक्षयकोष स्थापना गरिने र अस्पताल मङ्सिर २ गतेदेखि चौबीसै घण्टा सेवा प्रदान गर्ने तयारी गरिएको छ।

फिक्कल (इलाम), २७ कात्तिकः चुलाचुली गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल निर्माण पूरा भएको छ। चुलाचुली गाउँपालिका–२ बाह्रगोठेमा आर्थिक वर्ष २०७७÷७८ देखि निर्माण सुरु गरिएको अस्पताल भवन निर्माण पूरा भएको हो।

सङ्घीय सरकारको सहयोगमा रु १२ करोड ९० लाख लागतमा अस्पताल निर्माण पूरा भएको चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङले जानकारी दिनुभयो। पन्ध्र कठ्ठा १० धुरमा तीनतले अस्पताल निर्माण गरिएको हो। अस्पताल भवन निर्माणसँगै मङ्सिर २ गतेदेखि चौबीसै घण्टा सेवा प्रवाह गर्नेगरी औपचारिक उद्घाटनको तयारी गरिएको छ।

यसैबीच अस्पताल सञ्चालन सहयोगार्थ चुलाचुली गाउँपालिकाले ‘समावेशी श्रीमद् भागवत सप्ताह महापुराण’ आयोजना गरेको छ। अस्पताल परिसरमा आयोजना गरएको महापुराण आगामी मङ्सिर २ गतेसम्म सञ्चालन हुने पुराण व्यवस्थापन समिति संयोजक जनक कोइरालाले जानकारी दिनुभयो। महापुराणमा मुख्यगरी हिन्दू, बौद्ध र किराँत धर्मका धर्मगुरुले कथावाचन एवं प्रवचन दिने उहाँले बताउनुभयो।

गाउँपालिकामा पहिलोपटक १५ शय्याको अस्पताल निर्माण गरिए पनि सञ्चालनका लागि आर्थिक समस्या भएकाले आर्थिक सहयोग जुटाउन बहुधार्मिक प्रवचनसहितको समावेशी महापुरण आयोजना गरिएको गाउँपालिका अध्यक्ष केरुङले बताउनुभयो। “अस्पतालको भवन निर्माण भइसकेको छ, तर उपकरण खरिद र जनशक्ति व्यवस्थापनमा आर्थिक समस्याका कारण अस्पताल सञ्चालन गर्न सकिएको छैन”, अध्यक्ष केरुङले भन्नुभयो, “अस्पताल सञ्चालन गर्न सहयोग जुटाउने उद्देश्यका साथ महापुराण आयोजना गरिएको छ।” महापुराणबाट सङ्कलित रकमबाट अस्पताल सञ्चालनका लागि छुट्टै दिगो अक्षयकोष स्थापना गरिने उहाँले बताउनुभयो।

प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बूले अस्पतालन सञ्चालनका लागि दिगो स्रोतको सुनिश्चतता गर्न अक्षयकोषका लागि महापुराण आयोजना गरिएको बताउनुभयो। “अस्पताल सञ्चालनको सबै खर्च गाउँपालिकाले नै ब्यहोर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “गाउँपालिकाले धान्न नसक्ने भएकाले अक्षयकोष बनाउन महापुराण आयोजना गरिएको हो।”

महापुराणमा श्रीमद् भागवत, पाठपारायणसँगै नियमित रूपमा भजनकीर्तन, चर्चित धार्मिक प्रवचक राधिका दासी, केवलकृष्ण अधिकारी, मुन्धुम अध्येता चन्द्रकुमार शेर्मासहित विभिन्न धर्मगुरुबाट आलोपालो गरी फरकफरक दिन प्रवचन सुनाउने व्यवस्था मिलाइएको पुराण व्यवस्थापन समिति सचिव विवश बलिभद्र कोइरालाले जानकारी दिनुभयो । विभिन्न जातजाति, भाषाभाषी र धर्मानुरागीहरूको समिश्रण रहेको चुलाचुली गाउँपालिकालाई आपसी सद्भाव र एकताको सन्देश दिनका लागि महापुराणले योगदान पुर्याउने गाउँपालिको अपेक्षा रहेको अध्यक्ष केरुङको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win