0 प्रतिक्रिया
झापामा ८३ वर्षीया बृद्धाको हत्या, दुई पक्राउ
AI सारांश
Fast AIनेपाली समाचारको छोटो सारांश निम्न ३ वटा बुँदामा प्रस्तुत छ:
* झापामा ८३ वर्षीया फूलमाया मुर्मुको हत्या भएको छ, जो शनिबार अपरान्ह हत्या गरेको अवस्थामा झापा गाउँपालिका वडा नम्बर ६ पुष्पाञ्जली टोलमा भएको थियो।
* हत्या आरोपमा प्रहरीले २८ वर्षीय अजय यादव र २४ वर्षीय अशोक यादवलाई पक्राउ गरेको छ, जो झापा गाउँपालिका-७ र शिवसताक्षी नगरपालिका-७बाट आएका हुन्।
* अनुसन्धान अनुसार बृद्धालाई दुई जनाले टाउको र चिउँडोमा कलको ह्यान्डिल र फरुवा प्रहार गरेको पाइएको छ, र हत्याको कारणबारे पक्राउ परेकासँग सोधपुछ जारी रहेको छ।
काठमाडौं – झापामा ८३ वर्षीया बृद्धाको हत्या भएको छ। शनिबार अपरान्ह हत्या गरेको अवस्थामा झापा गाउँपालिका वडा नम्बर ६ पुष्पाञ्जली टोलकी फूलमाया मुर्मुको हत्या भएको हो।
हत्या आरोपमा प्रहरीले झापा गाउँपालिका-७ का २८ वर्षीय अजय यादव र शिवसताक्षी नगरपालिका-७ २४ वर्षीय अशोक यादवलाई पक्राउ गरेको छ।
हत्या गरेको अवस्थामा मुर्मुको शव फेला परेपछि प्रहरीले कुकुरसहितको टोली परिचालन गरेको थियो।
अनुसन्धान अनुसार बृद्धालाई दुई जनाले टाउको र चिउँडोमा कलको ह्यान्डिल र फरुवा प्रहार गरेको पाइएको झापा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बताए।
यादवद्वयलाई झापा गाउँपालिका वडा नम्बर ७ कै मदरगाछबाट पक्राउ गरिएको चन्दले बताए।
बृद्धाको हत्या गर्नुको कारणबारे पक्राउ परेकासँग सोधपुछ जारी रहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









