+
+

नक्कली प्रहरी बनेर ठग्दै हिंडेका अन्सारी पक्राउ

104 पटक हेरिएको
Clock २०८१ श्रावण ९, बुधबार ०७:२०
-- Sponsored --

AI सारांश

Fast AI

नक्कली प्रहरी बनेर ठगी गर्ने एकजना पक्राउ पर्ने समाचारको ३ वटा बुँदामा सारांश निम्नलिखित छ:

* नक्कली प्रहरी बनेर बाराको विभिन्न ठाउँमा ठगी गर्दै हिँडेका एकजना मानिसलाई प्रहरीले पक्राउ गरेको छ।
* पक्राउ पर्नेमा बाराको फेटा गाँउपालिका ७ बस्ने ४० बर्षीय सहाबुदिन अंसारी रहेको प्रहरीले जनाएको छ।
* अन्सारीले नक्कली प्रहरी बनेर मोटरसाईकल छिनी गरेको थियो र त्यसपछि जिल्लाको विभिन्न मानिसहरूसँग घुमी घुमी प्रहरीकै भ्रममा पारी पैसा ठग्ने जस्ता कार्य गर्ने गरेको उजुरीको आधारमा प्रहरीले अन्सारीलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ।

सञ्जय मिश्रा रौतहट । नक्कली प्रहरी बनेर बाराको बिभिन्न ठाउँमा ठगी गर्दै हिँडेका एकजना मानिस लाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाराको फेटा गाँउपालिका ७ बस्ने ४० बर्षीय सहाबुदिन अंसारी रहेको प्रहरीले जनाएको छ।ईलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको प्रहरी टोलीले साउन  ७ गते सोमवार नक्कली प्रहरी बनेका अन्सारीलाई पक्राउ गरी चोरी सम्बन्धी कसूरमा मुद्दा दर्ता गरेर जिल्ला अदालत  कलैयाबाट ५ दिनको म्याद थपगरी थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

गत भदौ ३२ गते बेलुका ४ बजेको समयमा  महागढिमाई नगरपालिका ८ जोलगाँवा बस्ने वर्ष ५५ को सिताराम राय यादवको  ना ४ प २२१२ नम्बरको सुपर स्पलेण्डर मोटरसाईकल अन्सारीले म प्रहरी हो ईमरजेन्सी छ एक छिनको लागी दिनुस भनि भ्रममा पारी मोटरसाईकल लिएर फरार भएका थिए।

सोही मोटरसाईकल प्रयोग गरी जिल्लाको बिभिन्न मानिसहरूसँग घुमी घुमी प्रहरीकै भ्रममा पारी पैसा ठग्ने जस्ता कार्य गर्ने गरेको उजुरीको आधारमा प्रहरीले अन्सारीलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win