0 प्रतिक्रिया
‘दोस्रो फाल्गुनन्द साहित्य महोत्सव’ तिजोक बहुसाँस्कृतिक पार्कमा सञ्चालन हुने
AI सारांश
Fast AIनिम्नलिखित ३ वटा बुँदामा फाल्गुनन्द साहित्य महोत्सवको सारांश दिया गया है:
* फाल्गुनन्द गाउँपालिकामा 'दोस्रो फाल्गुनन्द साहित्य महोत्सव' यहि चैत २१ गते फाल्गुनन्द १ नवमीडाँडामा रहेको तिजोक बहुसाँस्कृतिक पार्कमा सञ्चालन हुने भएको छ।
* महोत्सवमा विविध सांस्कृतिक झाँकी प्रदर्शन, गाउँपालिकासम्बन्धी कार्यपत्र प्रस्तुति र कविता, गजल तथा अन्य साहित्यिक रचनाहरू वाचन गरिनेछन्। स्थानीय भाषा, कला र संस्कृतिको संरक्षणसँगै आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको छ।
* यस वर्षको महोत्सवमा दुई जना विशिष्ट स्रष्टाहरुलाई सम्मान गरिने भएको छ, जसमा कवि तथा चलचित्र निर्देशक उपेन्द्र सुब्बालाई ‘फाल्गुनन्द प्रज्ञा साहित्य पुरस्कार’ प्रदान गरिनेछ र कवि तथा राजनीतिज्ञ वीर नेम्बाङलाई ‘फाल्गुनन्द मातृभाषा पुरस्कार’ प्रदान गरिने कार्यक्रम तय गरिएको छ।
दिपक दुलाल, नवमीडाँडा
पाँचथरको फाल्गुनन्द गाउँपालिकामा ‘दोस्रो फाल्गुनन्द साहित्य महोत्सव’ यहि चैत २१ गते फाल्गुनन्द १ नवमीडाँडामा रहेको तिजोक बहुसाँस्कृतिक पार्कमा सञ्चालन हुने भएको छ।
भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले गत वर्षदेखि सुरु गरिएको साहित्य महोत्सव यसवर्ष यहि चैत २१ गते फाल्गुनन्द १ मा रहेको पर्यटकिय स्थल तिजोक बहुसाँस्कृतिक पार्कमा सञ्चालन हुन लागेको हो।
फाल्गुनन्द गाउँपालिकाको सहयोग तथा फाल्गुनन्द प्रज्ञा प्रतिष्ठानको आयोजनामा सञ्चालन हुने महोत्सवको तयारी तिव्र पारिएको फाल्गुनन्द प्रज्ञा प्रतिष्ठानका कुलपति मनकुमार लावती समदर्शी काईला ले बताउनुभयो । उहाँका अनुसार महोत्सवमा विविध सांस्कृतिक झाँकी प्रदर्शन, गाउँपालिकासम्बन्धी कार्यपत्र प्रस्तुति र कविता, गजल तथा अन्य साहित्यिक रचनाहरू वाचन गरिनेछन्। स्थानीय भाषा, कला र संस्कृतिको संरक्षणसँगै आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको बताइएको छ।
यस वर्षको महोत्सवमा दुई जना विशिष्ट स्रष्टाहरुलाई सम्मान गरिने भएको छ। आयोजकका अनुसार कवि तथा चलचित्र निर्देशक उपेन्द्र सुब्बालाई ‘फाल्गुनन्द प्रज्ञा साहित्य पुरस्कार’ प्रदान गरिनेछ । यस्तै कवि तथा राजनीतिज्ञ वीर नेम्बाङलाई ‘फाल्गुनन्द मातृभाषा पुरस्कार’ प्रदान गरिने कार्यक्रम तय गरिएको छ। भाषा, साहित्य र पहिचानको क्षेत्रमा उनीहरूले पुर्याएको योगदानको कदरस्वरूप उनीहरुलाइ सम्मान गर्न लागिएको फाल्गुनन्द प्रज्ञा प्रतिष्ठानका सदस्य राज दिलाञ्जलीले बताउँनुभयो।
महोत्सवअन्तर्गत पुस्तक विमोचन कार्यक्रम पनि समावेश गरिएको छ। यस क्रममा कवि गजेन्द्र सोजे राईको कविता संग्रह ‘नलेखिएको तमसुक’ सार्वजनिक गरिनेछ। त्यस्तै डा।मघुराज केरुङले ‘फाल्गुनन्द गाउँपालिकाभित्रका साहित्यकारहरू र तिनका योगदान’ विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् भने साहित्यकार प्रेम ओझाले गाउँपालिकाभित्र रहेका प्रमुख पर्यटकीय स्थलहरूबारे प्रस्तुति दिने कार्यक्रम रहेको छ। फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङदेम्बे प्रमुख अतिथि र उपाध्यक्ष ठाकुरसिं नेम्बाङ विशेष अतिथिका रूपमा कार्यक्रममा सहभागी हुने जनाइएको छ।
फाल्गुनन्द गाउँपालिकामा साहित्य महोत्सवको औपचारिक सुरुवात गत वर्षबाट गरिएको हो। २०८१ चैत २५ र २६ गते राँके बजारमा सम्पन्न पहिलो संस्करणको साहित्य महोत्सवको उद्घाटन नेपाल प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति बैरागी काइँलाले गरेका थिए। उद्घाटन सत्रमा उनलाई नागरिक अभिनन्दनसमेत गरिएको थियो भने सांस्कृतिक झाँकीसहित राँके बजार परिक्रमा गराइएको थियो।
पहिलो संस्करणको कार्यक्रमबाट प्राप्त अनुभवलाई आधार मानेर दोस्रो संस्करणलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने तयारी गरिएको आयोजकले जनाएको छ। पर्यटकिय स्थल तिजोक बहुसाँस्कृतिक पार्कमा सञ्चालन हुने यस वर्षको ‘दोस्रो फाल्गुनन्द साहित्य महोत्सव’ कार्यक्रममा सहभागी भई महोत्सव सफल बनाउन फाल्गुनन्द प्रज्ञा प्रतिष्ठानले सबैलाइ आग्रह गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
muktinath bikash bank
4 Stories
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
2 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories
एसियान पैन्ट
7 Stories











