+
+

तङ्सुम तङ्नाम/त्रीशाली पूजा एवम् मेला बैशाख २३ गतेदेखि सुरु हुने

446 पटक हेरिएको
Clock २०८२ फाल्गुन ५, मंगलवार ०८:५३
-- Sponsored --

AI सारांश

Fast AI

१. तङ्सुम तङ्नाम / त्रीशाली पूजा एवम् मेला २०८३ साल बैशाख २३ गतेदेखि २५ गतेसम्म भव्य रूपमा सम्पन्न गरिने भएको छ।
२. मूल समारोह समितिले पूजाआजा, मेला र समापन समारोहसहित तीनदिने कार्यक्रम तालिका सार्वजनिक गरेको हो।
३. मेलालाई सफल बनाउन न्यूनतम ५० रुपैयाँ भेटी रकम संकलन गर्ने निर्णय गर्दै सम्पूर्ण स्थानीयवासी तथा शुभेच्छुकहरूलाई सहयोगका लागि आह्वान गरिएको छ।

मनोज थापा, यासोक

पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा परापूर्वकालदेखि प्रत्येक तीन/तीन वर्षमा आयोजना हुँदै आएको तङ्सुम तङ्नाम / त्रीशाली पूजा एवम् मेला, २०८३ साल बैशाख २३ गतेदेखि २५ गतेसम्म भव्य रूपमा सम्पन्न गरिने भएको छ। मूल समारोह समितिको शनिबार बसेको बैठकले पूजाआजा, मेला र समापन समारोहसहित तीनदिने कार्यक्रम तालिका सार्वजनिक गरेको हो।

समितिको निर्णयअनुसार बैशाख २३ गते विशेष पूजा कार्यक्रम, २४ गते मेला आयोजना तथा २५ गते समापन समारोह गरिनेछ। मूल समारोह समितिका अध्यक्ष तथा कुम्मायक गाउँपालिकाका प्रवक्ता तथा कुम्मायक–१ का अध्यक्ष देबेन्द्र कुमार लावतिका अनुसार मेलालाई व्यवस्थित बनाउन १५ सदस्यीय सचिवालय समिति गठन गरिएको छ। साथै, पूर्ण मिफोकको संयोजकत्वमा ५ सदस्यीय खेलकुद उपसमिति र ७ सदस्यीय प्रचारप्रसार उपसमिति गठन गरिएको छ।

श्रद्धालु भक्तजनहरूको स्वागतका लागि तीनवटा ग्रिलका स्वागत गेट निर्माण गर्ने निर्णयसमेत गरिएको छ। मेलालाई सफल बनाउन न्यूनतम ५० रुपैयाँ भेटी रकम संकलन गर्ने निर्णय गर्दै सम्पूर्ण स्थानीयवासी तथा शुभेच्छुकहरूलाई सहयोगका लागि आह्वान गरिएको छ।

तीन वर्षको अन्तरालमा आयोजना हुने यस धार्मिक तथा सांस्कृतिक पर्वमा कुम्मायक र कुस्सायक माङद्वारा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ। पूजाअर्चना, खेलकुद प्रतियोगिता, सांगीतिक तथा सांस्कृतिक कार्यक्रममार्फत स्थानीय कला, संस्कृतिको संरक्षण र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win