+
+

व्यावसायिक किवीखेतीमा जुट्दै खावाका किसान

1 पटक हेरिएको
Clock २०८३ जेष्ठ ४, सोमबार १६:५६
-- Sponsored --

AI सारांश

Fast AI

१. टेम्केमैयुङ गाउँपालिका–५ खावामा किवीखेती विस्तार भइरहेको छ, जसमा वडाले पनि किसानलाई प्रोत्साहन गर्दै आएको छ।
२. वडाले हालसम्म करिब १७० जना किसानलाई किवीका बिरुवा वितरण गरिसकेको छ, जसमा करिब दुई हजार ५०० भन्दा बढी बिरुवा वितरण भइसकेको छ।
३. किवीखेतीका माध्यमबाट किसानलाई आयआर्जनमा जोड्ने लक्ष्यसहित खेती विस्तारमा जोड दिएका छन्, जसमा व्यावसायिक कृषि उत्पादनतर्फ आकर्षित गर्ने उद्देश्यले वडा कार्यालयले बिरुवा वितरणसँगै प्राविधिक सहयोग पनि उपलब्ध गराउँदै आएको छ।

भोजपुर, ४ जेठ : यहाँको टेम्केमैयुङ गाउँपालिका–५ खावामा किवीखेती विस्तार भइरहेको छ। दीर्घकालीन आम्दानी लिन सकिने सम्भावना देखिएपछि वडाले पनि किवीखेतीलाई प्राथमिकतामा राख्दै किसानलाई प्रोत्साहन गर्दै आएको छ।

किवीखेतीका लागि उपयुक्त भूगोल र हावापानी रहेको क्षेत्रलाई लक्षित गर्दै वडाले हालसम्म करिब १७० जना किसानलाई किवीका बिरुवा वितरण गरिसकेको वडाध्यक्ष सुनिल राईले जानकारी दिनुभयो। उहाँका अनुसार हालसम्म करिब दुई हजार ५०० भन्दा बढी बिरुवा वितरण भइसकेको छ।

“हाम्रो वडामा किवीखेतीको राम्रो सम्भावना छ”, वडाध्यक्ष राईले भन्नुभयो, “किसानको रुचि पनि यसतर्फ बढ्दो छ। किवीका माध्यमबाट किसानलाई आयआर्जनमा जोड्ने लक्ष्यसहित खेती विस्तारमा जोड दिएका छौँ ।”

किसानलाई व्यावसायिक कृषि उत्पादनतर्फ आकर्षित गर्ने उद्देश्यले वडा कार्यालयले बिरुवा वितरणसँगै प्राविधिक सहयोग पनि उपलब्ध गराउँदै आएको जनाएको छ। यहाँको हावापानी किवीखेतीका लागि अनुकूल भएकाले किसानलाई व्यावसायिक रूपमा खेती विस्तार गर्न प्रोत्साहन गरिएको हो।

वडाको सहयोग पाएपछि यहाँका अधिकांश किसान व्यावसायिक किवीखेतीतर्फ आकर्षित भएको स्थानीय भीमसेन राई बताउनुहुन्छ। “एकपटक विस्तार गरेपछि सामान्य हेरचाहमै वर्षौँसम्म आम्दानी लिन सकिने भएकाले किसान यसतर्फ आकर्षित भएका हौँ”, उहाँले भन्नुभयो।

उहाँका अनुसार अहिले आफ्नै १० रोपनी जमिनमा करिब १५० बोट किवीखेती विस्तार गरिएको छ। राम्रो फलेको एक बोटबाट नौ हजार रुपैयाँसम्म आम्दानी लिएको उहाँले जानकारी दिनुभयो। त्यस्तै, अर्का किसान तेजन विष्टले पनि वडाबाट बिरुवा र प्राविधिक सहयोग पाएपछि किवीखेतीमा उत्साह थपिएको बताउनुभयो। परम्परागत बालीको तुलनामा किवीबाट राम्रो आम्दानी लिन सकिने भएकाले आफूहरू यसतर्फ लागेका उहाँको भनाइ छ। हाल ५० बोट खेती विस्तार गरेको उहाँले बताउनुभयो।

हाल वडाका मझौले, खावा, रमितेलगायतका क्षेत्रमा किवीखेती विस्तार हुँदै गएको छ। वडाको पहल र किसानको सक्रियतासँगै यस क्षेत्र किवी उत्पादनको सम्भावित केन्द्रका रूपमा विकास हुँदै गएको स्थानीय किसानको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win