+
+

भदौरे मेलाको अवशरमा फालेलुङ–८ आकाशेमा फुटबल प्रतियोगिता हुदै

267 पटक हेरिएको
Clock २०८२ श्रावण १६, शुक्रबार १४:०१
-- Sponsored --

AI सारांश

Fast AI

१. पाँचथरको फालेलुङ-८ आकाशेमा भदौरे मेलाको अवसरमा पुरुष तथा महिला फुटबल प्रतियोगिता हुने भएको छ।
२. प्रतियोगिता साउन ३० गतेदेखी भदौ ७ गतेसम्म ज्ञान ज्योति आधारभूत विद्यालयको खेलमैदानमा सञ्चालन हुने छ।
३. पुरुष फुटबलको विजेताले नगद एक लाख एक हजार १११ र महिला फुटबलको विजेताले नगद ३० हजार प्राप्त गर्नेछन्।

पाँचथर। पाँचथरको फालेलुङ-८ आकाशेमा आदिमकालदेखी लाग्दै आइरहेको भदौरे मेलामा यस पटक पनि पुरुष तथा महिला फुटबल प्रतियोगिता हुने भएको छ।
चोम्जोलुङ सेवा समाज फालेलुङ–८ आकाशेको आयोजना ज्ञान ज्योति आधारभूत विद्यायलयको खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ। भदौरे मेला २०८२ को अवसरमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरुका साथै खुला पुरुष तथा महिला फुटबल प्रतियोगिता हुने आयोजक चोम्जोलुङ सेवा समाजका अध्यक्ष राम बहादुर जवेगुले जानकारी दिनुभयो।
प्रतियोगिता साउन ३० गतेदेखी भदौ ७ गतेसम्म सञ्चालन हुने छ। पुरुष फुटबलतर्फ प्रतियोगिताका विजेताले नगद एक लाख एक हजार १११ चादीको ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेताले नगद ५० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
त्यस्तै महिला फुटबलतर्फ विजेताले नगद ३० हजार प्राप्त गर्दा उपविजेताले नगद १५ हजार ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष जवेगुले जानकारी दिनुभयो।
विद्यातगतर्फ उत्कृष्ट गोलकिपर, डिफेन्डर, खेलाडी र हाई स्कोररलाई पनि आकर्षक पुरस्कारको व्यवस्था रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win