+
+

कुम्मायक गाउँपालिकाको बेथिति रोक्न ध्यानाकर्षण पत्र

559 पटक हेरिएको
Clock २०८२ आश्विन ८, बुधबार ०९:०१
-- Sponsored --

AI सारांश

Fast AI

१. कुम्मायक गाउँपालिकामा भ्रष्टाचार, अनियमितता र बेथिति बढेको भन्दै स्थानीय राजनीतिक दलहरूले गाउँपालिकालाई गम्भीर ध्यानाकर्षण गराएका छन्।
२. गाउँपालिकाले आयस्रोत बढाउने उपाय खोज्नुको सट्टा कर्मचारी आवासमै लाखौँ रुपैयाँ खर्च गरेको छ, यो सुविधा तुरुन्त कटौती गर्नुपर्छ भन्दै दलहरूले माग गरेका छन्।
३. विद्यालय ऐन विपरीत विद्यालय मर्ज गरिएको, कार्यरत कर्मचारीको वैकल्पिक व्यवस्था नगरेको भन्दै तत्काल व्यवस्थापन गर्न पनि माग गरिएको छ।

 रमेश थापा

पाँचथर- कुम्मायक गाउँपालिकामा भ्रष्टाचार, अनियमितता र बेथिति बढेको भन्दै स्थानीय राजनीतिक दलहरूले गाउँपालिकालाई गम्भीर ध्यानाकर्षण गराएका छन्।

कांग्रेस, एमाले, माओवादी, राप्रपा, एकीकृत समाजवादी र संयुक्त पहिचानवादी मोर्चा गरी छ दलहरूले दुई पृष्ठ लामो ११ बुँदे ध्यानाकर्षण पत्र गाउँपालिका अध्यक्ष वंम प्रसाद लावतीलाई बुझाएका हुन्। उनीहरूले सुशासन र समृद्धिको पक्षमा उभिँदै बेथिति अन्त्य गर्न सुझावसहित ध्यानाकर्षण पत्र बुझाएका छन्।

दलहरूले नीतिगत भ्रष्टाचार बढेको, कानुन विपरीत कर्मचारीलाई आवास सुविधा उपलब्ध गराइएको, सरकारी सवारी साधनको दुरुपयोग गरिएको भन्दै तत्काल यस्ता गतिविधि रोक्न माग गरेका छन्। “गाउँपालिकाले आयस्रोत बढाउने उपाय खोज्नुको सट्टा कर्मचारी आवासमै लाखौँ रुपैयाँ खर्च गरेको छ, यो सुविधा तुरुन्त कटौती गर्नुपर्छ,” एमाले कुम्मायक अध्यक्ष मेघराज निरौलाले बताए।

यस्तै, कार्यपालिका बैठकमार्फत उपाध्यक्ष महेन्द्र बहादुर खड्काको २२ रोपनी जग्गा लिजमा लिएर कुखुरापालन गर्ने निर्णयप्रति दलहरूले गम्भीर आपत्ति जनाएका छन्। दुई आर्थिक वर्षमा ४१ लाख रुपैयाँ खर्च गर्ने उद्येश्यले जनप्रतिनिधिको निजी जग्गा लिजमा लिएको तर विधि र प्रक्रिया नमानेको भन्दै ध्यानाकर्षण पत्रमा प्रश्न उठाइएको छ।

विद्यालय ऐन विपरीत विद्यालय मर्ज गरिएको, कार्यरत कर्मचारीको वैकल्पिक व्यवस्था नगरेको भन्दै तत्काल व्यवस्थापन गर्न पनि माग गरिएको छ। सूचना पाउने नागरिकको हक बञ्चित गरिएको भन्दै नागरिक बडापत्र सार्वजनिक राख्न सुझाव दिइएको छ।

त्यसैगरी, गाउँपालिकाले खरिद गर्ने औजार तथा उपकरण गुणस्तरहीन भएको जनगुनासो बढेको भन्दै सम्बन्धित कर्मचारीमाथि छानबिन गरी कारबाही गर्न माग गरिएको छ। जिन्सी शाखा नहेरी शिक्षा शाखाबाट हेरिएको, करार कर्मचारी हटाएर पुनः नियुक्ति गर्दा विधि र प्रक्रिया पालना नगरेको विषयमा समेत प्रश्न उठाइएको एकीकृत समाजवादी अध्यक्ष राजु खतिवडाले बताए।

बेसारको बिउ दीर्घकालीन योजना बिना रोपिएको, गोडमेल, प्रशोधन र बजार व्यवस्थापन नभएको भन्दै कृषकलाई सहुलियत दरमा बीउ वितरण गर्न सुझाव दिइएको छ। सूचना नागरिक तहमा नपुगेको भन्दै प्रभावकारी सूचना पहुँचमा जोड दिन आग्रह गरिएको छ।

चाडपर्वको समयमा यासोक–स्याबरुम्बा, यासोक–माङ्जाबुङ, यासोक–खाल्डे र यासोक–सेपेनी जोड्ने मोटरबाटो मर्मतसम्भार गर्न माग गरिएको संयुक्त पहिचानवादी मोर्चा कुम्मायक अध्यक्ष तारानाथ सुब्बाले जानकारी दिए।

“गाउँपालिकाको भाग्य र भविष्य समृद्ध बनाउनका लागि ११ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छौँ। यसलाई सुझावका रूपमा लिएर गम्भीरतापूर्वक कार्यान्वयन गर्न आग्रह गर्दछौँ,” पत्रमा भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win