0 प्रतिक्रिया
दोस्रो तिम्बुङ पोखरी ट्रेल रन–२०८२ यहि भदौ २६ मा हुदै
AI सारांश
Fast AIदोस्रो तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिताको बारेमा ३ वटा बुँदामा छोटो सारांश निम्नलिखित छ:
१. दोस्रो तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता भदौ २२ देखी २६ गतेसम्म सञ्चालन हुने छ, जसमा १५ किलोमिटर ट्रेल रन प्रतियोगिता हुने छ।
२. प्रतियोगिता खुल्ला, महिला र स्थानीय गरी तिन विद्यामा हुने छ, जसमा विजेताले नगद पुरस्कार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
३. प्रतियोगिता आयोजनाको उदेश्य पर्यटकीय क्षेत्रको प्रचारप्रसार र प्रवद्धन गर्न, आर्थिक विकासका लागी समय समयमा मेला, महोत्सव, म्याराथनहरु आयोजना गरी आन्तरिक पर्यटनहरु भित्र्याउने र व्यवसायीक पर्यटनको विकास गर्ने हो।
पाँचथर । दोस्रो तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता यहि भदौ २२ देखी २६ गते सम्महुने भएको छ।
ताप्लेजुङको सिदिङवा गाउँपालिकामा रहेको पर्यटकीय क्षेत्र तिम्बुङ पोखरीको प्रचारको लागि यही भदौको २६ गते १५ किलोमिटर तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता सञ्चालन हुन लागेको हो।
भदौ १४ गते शनिबार, फिदिममा पत्रकार सम्मेलन गर्दै कार्यक्रम संयोजक एवमं पर्यटन व्यवसायी अमीर राईले उक्त विषयमा जानाकारी गराउनुभयो।
पर्यटकीय क्षेत्रको प्रचारप्रसार र प्रवद्धन गर्न साथै आर्थिक विकासका लागी समय समयमा मेला, महोत्सव, म्याराथनहरु आयोजना गरी आन्तरिक पर्यटनहरु भित्र्याउने र व्यवसायीक पर्यटनको विकास गर्ने उदेश्यले भदौ २२ गतेदेखी भदौ २६ गतेसम्म उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको संयोजक राईले जानकारी दिनुभयो ।
प्रतियोगिता खुल्ला, महिला र स्थानीय गरी तिन विद्यामा खेलाइने छ। खुल्ला तर्फका विजेताले नगद रु ५० हजार, दोस्रोले ३५ हजार र तेस्रो हुनेले नगद रु २५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै महिलातर्फ प्रथम हुनेले २५ हजार र स्थानीय तर्फ प्रथम हुने धावकले १५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने राईले जानकारी दिनुभयो।
४ हजार ३ सय ५ मिटरको उचाईमा रहेको तिम्बुङ पोखरीमा गत वर्ष २०८१ बाट म्याराथन प्रतियोगिता सुरु गरिएको थियो। यस बर्षको कार्यक्रम सम्पन्न गर्न ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको कार्यालयले आर्थिक सहयोग गरेको छ भने पर्यटन कार्यालय काकरभिट्टा, झापाको सहकार्य रहेको छ।
उक्त कार्यक्रम तिम्बुङ पोखरी संरक्षण तथा व्यवस्थापन समिति सिदिङ्वा–१ कालिखोला, ताप्लेजुङले आयोजना गरेको संयोजक राईले जानकारी दिनुभयो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









