Comments Add Comment

छैटौँ कुम्मायक गोल्डकप भोलिदेखि सुरु, उद्घाटन खेल कुम्मायक र फाल्गुनन्दबीच

मनोज थापा

पाँचथर-पाँचथरको यासोकस्थित पृथ्वी माविको खेल मैदानमा छैटौं संस्करणको कुम्मायक रनिङ गोल्ड कप २०८२ भोलि जेठ २ गतेबाट सुरु हुँदैछ। उद्घाटन खेल दिउँसो १ बजे आयोजक कुम्मायक गाउँपालिका र फाल्गुनन्द गाउँपालिकाबीच हुनेछ। दोस्रो खेलमा याङवरक गाउँपालिका र अतिथि टिम म्याङलुङ नगरपालिका, तेह्रथुमबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुनेछ।

कुम्मायक स्पोर्टिङ क्लबको आयोजनामा हुने प्रतियोगिता “आठ वटा स्थानीय तहको सहभागिता कुम्मायकको शान, स्थानीय खेलकुद विकासमा कुम्मायक स्पोर्टिङको अभियान” भन्ने नारासहित नकआउट प्रणालीमा सञ्चालन गरिनेछ। प्रतियोगितामा पाँचथर जिल्लाका सातवटा स्थानीय तहसँगै म्याङलुङ नगरपालिकाको सहभागिता रहनेछ। सहभागी टिमहरूलाई व्यवस्थापन खर्च, यातायात सुविधा तथा पुरस्कारको व्यवस्था गरिएको छ।

प्रतियोगिताको कुल अनुमानित खर्च २२ लाख ८४ हजार ६१० रुपैयाँ रहेको छ। विजेता टिमले १ लाख २५ हजार ५५५ रुपैयाँसहित रनिङ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। राष्ट्रिय खेलकुद परिषद, एन्फा, स्थानीय तह र विभिन्न संघ-संस्थाहरूको सहकार्यमा प्रतियोगिता भव्यरूपमा सञ्चालन गरिने कुम्मायक स्पोर्टीङ क्लवका अध्यक्ष खेम राज निरौलाले जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै