Comments Add Comment

फाल्गुनन्द गोल्डकप: दोस्रो क्वाटरफाइनलमा मछिन्द्र क्लब र न्यू स्टार क्लबको खेल आज

इवारा जवेगु लिम्बु

पाँचथर। पाँचथरको फिदिममा जारि ११ औँ संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको आज दोस्रो क्वाटरफाइनलमा मछिन्द्र क्लब र न्यू स्टार क्लब विच प्रतिस्पर्धा हुनेछ।

मछिन्द्र क्लव, झापा ११ लाई हराउदै क्वाटरफाइनलमा पुगेको हो। न्यू स्टार क्लब समुह वी बाट वाइपास पाएर सिधै क्वाटरफाइनलमा खेल्न लागेको हो।

पुस ६ गतेदेखी शुरु भएको गोल्डकपको फाइनल खेल पुस १५ गते हुने छ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडिले एक थान विद्युतीय स्कुटर तथा विद्यागत रुपमा उत्कृष्ट खेलाडीले समेत पुरस्कार प्राप्त गर्नेछन्।

गोल्डकपको विजेताले उपाधिसहित नगद १० लाख ५ सय ५५ रुपैँया पाउने छ। उपविजेताले ५ लाख ५ सय ५५ रुपैँया पाउने छ। प्रतियोगितामा नेपालका चार ए डिभिजन क्लवहरुसहित दश टिमको सहभागिता रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै