+
+

जेठमै बग्यो डाइभर्सन, तमोर करिडोर अवरुद्व

191 पटक हेरिएको
Clock २०८२ जेष्ठ २, शुक्रबार २३:३५
-- Sponsored --

AI सारांश

Fast AI

१. तमोर करिडोरको पाँचथर खण्ड अन्तरगत पाँचथरको फिदिम र हिलिहाङलाई सिमाना छुट्याएर बग्ने हेँवा खोलामा बनाइएको डाइभर्सन बाढीले बगाएको छ।
२. शुक्रबार विहान आएको बाढीले डाइभर्सनका लागि लगाइएका ह्युम पाइप बगाएसँगै तमोर करिडोरको पाँचथर–ताप्लेजुङ सडक खण्ड अवरुद्व भएको छ।
३. यहाँका ह्युम पाइप बगेसँगै तमोर करिडोर हुँदै पाँचथरको भालुचोक,सिंहापुर र थर्पु सँगै ताप्लेजुङका विभिन्न स्थानमा हिडेका साधन मध्य पहाडी राजमार्ग हुँदै जोरसाल आएर मेची राजमार्गको बाटो समात्दै गन्तव्य तर्फ जान थालेका छन।

तमोर करिडोरको पाँचथर खण्ड अन्तरगत पाँचथरको फिदिम र हिलिहाङलाई सिमाना छुट्याएर बग्ने हेँवा खोलामा बनाइएको डाइभर्सन बाढीले बगाएको छ।

शुक्रबार विहान आएको बाढीले डाइभर्सनका लागि लगाइएका ह्युम पाइप बगाएस“गै तमोर करिडोरको पाँचथर–ताप्लेजुङ सडक खण्ड अवरुद्व भएको छ । यो सडक भएर यात्रुबाहक सँगै ठुला मालबाहक साधन आउजाउ गर्थे । शुक्रबार बिहान वर्षा भएसँगै खोला बढ्दा यहाँका ह्युम पाइप बगेका हुन।

ह्युम पाइप बगेसँगै तमोर करिडोर हुँदै पाँचथरको भालुचोक,सिंहापुर र थर्पु सँगै ताप्लेजुङका विभिन्न स्थानमा हिडेका साधन मध्य पहाडी राजमार्ग हुँदै जोरसाल आएर मेची राजमार्गको बाटो समात्दै गन्तव्य तर्फ जान थालेका छन।

शुक्रबार विहान भालुचोकदेखि सुभाङ खोला हुँदै हेवा खोला आइपुगका यात्रुवाहक र माल वाहक साधन पनि पुनः अमरपुर फर्किएर मेची राजमार्ग हुँदै धरान,इलाम र झापा तर्फ लागेका छन। यहा“ लगाएको बेलिब्रिज पहिलो पटक २०८० असार २ गतेको बाढीले बगाएको थियो । त्यसपछि बनाइएको डाइभर्सन पुनः २०८१ असोज १२ गतेको बाढीले बगाएपछि पुन : ह्युम पाइप राखेर पानी कटाउदै यातायात सुचारु गराइएको थियो । यो सडकमा पर्ने खोलामा पुल बनाउने जिम्वेवारी तमोर करिडोर आयोजनाको हो । पाँचथरका प्रमूख जिल्ला अधिकारी विष्णु कोइरालाले शुक्रबारको बाढीले बगाएका ह्युम पाइप स्कावेटरले तानेर पुनः मर्मत गर्दै यातायात सुचारु गर्न पहल भइरहेको बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win