- Home
- Showing Post From:-जीवनशैली
जीवनशैली
पाँचथर, २८ असोजः
पाँचथरको याङवरक गाउँपालिका–६ परेवाडाँडाका जसबहादुर खेवाङले ९७ वर्षको उमेरमा निजी लगानीमा भ्यू–टावर निर्माण गरी गाउँलाई उपहार दिनुभएको छ।
बेलायती सेनाबाट ५० वर्षअघि सेवा निवृत्त हुनुभएका खेवाङ निरन्तर गाउँमै बसेर सामाजिक क्षेत्रमा योगदान दिँदै आउनुभएको छ। पुष्पलाल (मध्यपहाडी) लोकमार्ग नजिकै परेवाडाँडाबाट पाँचथर, ताप्लेजुङ र तेह्रथुमका विभिन्न भू–भागको दृश्यावलोकन गर्न सकिने भएपछि खेवाङले भ्यू–टावर निर्माण गर्नुभएको हो। रु. १५ लाखको लागतमा निर्माण गरिएको भ्यू–टावरको सोमवार निर्माणकर्ता खेवाङ र याङवरक गाउँपालिकाका उपाध्यक्ष बाबा मेन्याङ्बोले उद्घाटन गर्नुभयो।
खेवाङको ९७ औं जन्मदिनको अवसर पारेर याङवरक गाउँपालिका वडा नं. ६ को कार्यालय र स्थानीयवासीले भ्यू–टावरको उद्घाटन …
भोजपुर, २७ असोजः भोजपुरमा काठका विभिन्न घरेलु भाँडाकुडा बनाउने परम्परागत ‘चुदारा पेसा’ को अस्तित्व सङ्कटमा परेको छ । नयाँ पुस्ताले पेसाप्रति चासो नदेखाउँदा र बजारमा प्लास्टिक तथा धातुका सामग्रीको प्रयोग बढ्दै जाँदा यो पूर्खौली सीप हराउने अवस्थामा पुगेको हो ।
विगतमा धेरैको सङ्ख्यामा मानिस यस पेसामा आवद्ध रहे पनि अहिले सीमित व्यक्तिले मात्र परम्परा जोगाइरहेको चुदारा पेसामा लामो समयदेखि संलग्न स्थानीय रत्नबहादुर विश्वकर्माले बताउनुभयो । “यो हाम्रो पूर्खौली पेसा हो” उहाँले भन्नुभयो,“तर अहिले सङ्कटमा परेको छ । पुस्तान्तरण नहुँदा र राज्यको ध्यान नपुगेकाले लोप हुने अवस्थामा पुगेको छ ।”
गाउँघरमा पाइने गोगुन, …
पाँचथर, ११ भदौः
पाँचथर–ताप्लेजुङ सीमा भएर बग्ने इवा खोलाका दुई भंगालोको वीचमा फसेका चार जनालाई १२ घण्टापछि उद्धार गरिएको छ ।
पाँचथरको याङवरक गाउँपालिका–२ र ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–२ को सीमास्थित इवा खोलामा पाहा मार्न गएका उनीहरु खोलामा पानीको बहाव बढेपछि हिँजो साँझ ७ बजेदेखि फसेका थिए । खोलाका दुवै भंगालोमा पानी बढेपछि उनीहरु रात त्यहीं विताएका थिए। राती नै प्रहरीले आगो बाल्ने ब्यवस्था गर्नुका साथै चाउचाउ खाने ब्यवस्था मिलाएको थियो ।
विहान सीमा प्रहरी चौकी च्याङथापूबाट प्रहरी बरिष्ठ नायव निरीक्षक भीमराज थेबेसहिको प्रहरी टोली र करीव ४० जना स्थानीयवासी भेला भई आज विहान …
पाँचथर, ११ भदौः
पाँचथरको हिलिहाङ गाउँपालिकाले आरन ब्यवसायलाई आधुनिक बनाउन प्राविधिक सहयोग गर्न थालेको छ । हिलिहाङ गाउँपालिका गत आर्थिक वर्षको बजेटबाट १० जनालाई उपकरणहरु उपलब्ध गराएको छ।
गाउँपालिकाले मंगलबार १० जना आरन ब्यवसायीलाई वेल्डिङ मेसिन, ग्यालेण्डर, ड्रिल मेसिन, वेल्सिङ रड, ल्यालेण्डर ब्लड र ड्रिल बिट उपलब्ध गराएको हो । हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारीका अनुसार रु. दुई लाख ४८ हजारको लागतमा यी सामग्री खरीद गरी आरन ब्यवसायीलाई वितरण गरिएको हो । गत आ.व. २०८१-०८२ को बजेटबाट खरीद गरेर सामग्री वितरण गरिएको हो।
“आरन ब्यवसाय गर्नेको सङ्ख्या दिनानुदिन घट्दै गएको छ। त्यसैले पहिलो …
पाँचथर, ५ साउनः
ताप्लेजुङको सिरिजंघा गाउँपालिका–७ खेवाङका रश्मी आचार्य दुई वर्षअघि वि.सं. २०८० साल असार तेश्रो साता गाउँको विद्युतीकरणको कामको सिलसिलामा फिदिम आउनु पर्ने थियो। बाढीले हेंवा खोलाको सडक पुल बगाएको उहाँलाई जानकारी नै थियो। तर आर्थिक वर्ष सकिन लागेकाले नआई नहुने भयो । डिजेलको अभावले गाउँबाट चल्ने सवारीका साधन बेलाबखत मात्रै चल्ने भइसकेका थिए।
जोडबलले सवारीको साधनमा स्थान पाएर उहाँ पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपा पुछारसम्म आइपुग्नु भयो । हेंवा खोलामा सडक अवरुद्ध भएकाले करीव दुई किलोमिटर पैदल यात्रा गरी फिदिम नगरपालिका–४ थापाटारबाट सवारीका साधन हुँदै उहाँ फिदिम आइपुग्नु भयो ।
गत वर्षको …
मदन थापा, पाँचथर
कुम्मायक गाउँपालिका–२ माङ्जाबुङकी ७२ वर्षीया नरमाया शेर्मा अहिले बाँदरको त्रासबाट मकै बाली जोगाउन आफ्नै बारीमा युद्ध लडिरहेकी छन्। बिहान बेलुका ग्याटिस समाउँदै, कहिले बाँदर पच्छ्याउँदै, कहिले कराउँदै—उहाँले बाँच्ने संघर्षको कथा आफ्नै कम्मरमा बाधिएको ग्याटिसले बोकेको छ।
शुक्रबार गाउँपालिकाले वडामा बैंकिङ प्रणालीमार्फत भत्ता वितरण गरेको कार्यक्रममा सामाजिक सुरक्षा भत्ता बुझ्न वडामा आउँदा देखिएको उहाँको अवस्था त्योभन्दा मार्मिक थियो—झुकेको ढाड, रङ उडेको अनुहार, थकित हिँडाइ र ग्याटिसले कसिएको कम्मर। त्यो ग्याटिस कुनै शोखको प्रतीक थिएन—त्यो बाँदरको आतङ्कविरुद्धको अस्त्र हो, जसले उहाँको बँचाइको कथा बोलिरहेको थियो।
“बाली लगाउँछु, मल हाल्छु, पानी हाल्छु, हेर्छु—तर …
पाँचथर, कुम्मायक
देशमै श्रम गरेर सम्मानपूर्वक बाँच्न सकिन्छ भन्ने सन्देश दिन कुम्मायक गाउँपालिका–१ यासोक बजारमा सन्देशमूलक सडक नाटक मञ्चन गरिएको छ। ‘श्रमको सम्मान राष्ट्रियको अभियान’ अन्तर्गत गाउँपालिकाको रोजगार शाखाको आर्थिक सहयोगमा क्षितिज नाट्य समूह, पाँचथरले उक्त नाटक प्रस्तुत गरेको हो।
नाटकमा दुई फरक दृष्टिकोणका युवाहरूको कथा देखाइन्छ — एकले गाउँमै कृषिको माध्यमबाट आत्मनिर्भरता हासिल गरेका छन् भने अर्को पात्रले विदेशको मोहमा ज्यान गुमाएका छन्।
पहिलो दृश्यमा डिग्री पास एक युवकले गाउँमै साग खेती गरेर महिनामा एकदेखि डेढ लाख रुपैयाँसम्म कमाइ गरिरहेको देखाइन्छ। दोश्रो दृश्यमा अर्का युवक विदेश जान जिद्दी गर्दा अन्ततः उनको मृत्युको …
काठमाडौं – नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) पदमा दीपक थापा नियुक्त भएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) रहेका थापालाई आइजिपी नियुक्त गरेको हो।
यसअघिका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको कार्यकाल सोमबार राति सकिँदै थियो। कुँवरको कार्यकाल सकिनुअघि सरकारले थापालाई नयाँ नेतृत्वका रूपमा चयन गरेको हो।
थापाका प्रतिस्पर्धीको रूपमा एआइजीद्वय टेकबहादुर तामाङ र सुदीप गिरी थिए। दुई प्रतिस्पर्धीभन्दा वरिष्ठतामा अगाडि रहेकाले थापालाई सरकारले प्रहरी महानिरीक्षक बनाएको हो।
थापा २०२८ मंसिर ८ गते, सूर्यवनायक नगरपालिका-८ सिपाडोल, भक्तपुरमा जन्मदिएका थिए। उनी २औ५२ साल भदौ १९ गते प्रहरी निरीक्षक बनेका थिए।
उनी २०६३ साल भदौ ८ गते प्रहरी …
२८ फागुन, काठमाडौं
मदन बहादुर शाही साबिक दाहा गाविस वडा नम्बर ४ (हाल खाँडाचक्र नगरपालिका वडा नम्बर ६) मा जन्मिएका एक प्रतिभाशाली डेटा वैज्ञानिक, कम्प्युटर ईन्जिनियर, उद्यमी, तथा समाजसेवी हुन्। प्रविधि, वित्त, र कृत्रिम बुद्धिमत्तामा गहिरो रुचि राख्ने उनले आफ्नो शैक्षिक तथा व्यावसायिक यात्रामा उल्लेखनीय उपलब्धिहरू हासिल गरेका छन्।
व्यक्तिगत सफलता भन्दा समाजको भलाइ र समृद्धिलाई प्राथमिकता दिने शाहीले विभिन्न क्षेत्रहरूमा महत्त्वपूर्ण योगदान पुर्याएका छन्। उनको मेहनत, नवप्रवर्तनशील सोच, र समाजसेवाप्रति समर्पणले उनलाई एक प्रेरणादायी व्यक्तित्वको रूपमा स्थापित गरेको छ।
शैक्षिक यात्रा
मदन बहादुर शाहीले आफ्नो शैक्षिक यात्रा विद्युत इन्जिनियरिङमा डिप्लोमा हासिल गरेर …