रमेश थापा
पाँचथर: पाँचथरको कुम्मायक गाउँपालिका–१ को खाल्डेमा षुरुप नकाउट फुट्बल प्रतियोगिता हुने भएको छ। चाडपर्वको अवसरमा खाल्डे युवा समूहले असोज २१ देखि षुरुप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको हो।
प्रतियोगितामा फाल्गुनन्द, तुम्बेवा र कुम्मायक गाउँपालिकाबाट खेलाडीहरु सहभागी हुने जनाइएको छ। फुटबल प्रतियोगिताको बिजेताले नगद तीस हजार ट्रफी मेडल प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपबिजेता टोलीले नगद बीस हजार ट्रफी मेडल प्रमाणपत्र प्राप्त गर्ने खाल्डे युवा समुहका अध्यक्ष डिल्ली कार्कीले जानकारी दिनुभयो।
प्रतियोगिताको बेष्ट गोलकिपर, बेष्ट डिफेन्डर, बेष्ट फर्वड, हाईस्कोर र बेष्ट खेलाडीले समान सहित २ हजार नगद, ट्रफी मेडल प्रमाणपत्र हातपार्ने छन। प्रतियोगिता संचालन गर्न वडा कार्यालयले समन्वय गरी आर्थिक सहयोग गर्ने कुम्मायक–१ का वडाअध्यक्ष देबेन्द्रकुमार लावतीले बताउनुभयो। प्रतियोगिता खाल्डे माविको खेलमैदानमा हुने आयोजकले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ट्रेन्डिङ
३
असन्तुष्ट कर्मचारीको ध्यानाकर्षण पत्र, कर्मचारीलाई काखा र पाखा नगर्न सुझाव
२०८१ कात्तिक १ गते , बिहिबार
४
रौतहटमा चोरीको ३ मोटरसाईकल सहित ३ चोर पक्राउ, लाखौंको सामान बरामद
२०८१ अषोज ३० गते , बुधबार
५
अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्ट्र
२०८१ अषोज २५ गते , शुक्रबार
६
कस्ले गर्ला टाटाले छाडेर गएको ६० हजार करोड सम्पतिको नेतृत्व
२०८१ अषोज २४ गते , बिहिबार
सम्बन्धित खवर
Advertisment