0 प्रतिक्रिया
कस्ले गर्ला टाटाले छाडेर गएको ६० हजार करोड सम्पतिको नेतृत्व
AI सारांश
Fast AI१. भारतका प्रसिद्ध उद्योगपति तथा टाटा सन्सका अध्यक्ष रतन टाटाको निधन भएको छ, जसले टाटालाई उत्कृष्ट र विश्वव्यापी ब्रान्ड बनाउन महत्त्वपूर्ण योगदान पुर्याएका थिए।
२. रतन टाटाको निधन पछि उनको उत्तराधिकारी को हुने भन्ने प्रश्न उठिरहेको छ, जसमा नोएल टाटा, माया टाटा, नेभिल टाटा, र लेह टाटा समावेश छन्।
३. रतन टाटाले टाटा समूहको व्यापार रणनीति मात्र निर्देशित गरेनन्, सो समूहको परोपकारी पहलहरूसँग पनि घनिष्ठ रूपमा संलग्नसमेत थिए, जसको उत्तराधिकारी आविष्कार, सामाजिक प्रभाव र टाटा समूहको अखण्डतालाई कायम राख्ने जिम्मेवारी लिन सक्षम हुनुपर्छ।
मुम्बई, २४ असोज । भारतका प्रसिद्ध उद्योगपति तथा टाटा सन्सका अध्यक्ष रतन टाटाको गए राती निधन भएको छ । टाटालाई उत्कृष्ट र विश्वव्यापी ब्रान्ड बनाउन उनको योगदानलाई बिर्सन कसैले पनि सक्दैन ।
तर, रतन टाटा एक अर्बपति मात्र नभई टाटा समूहसँग मिलेर यो देश र यहाँका करोडौं जनतालाई सहयोग दिने व्यक्तिसमेत थिए । उनले आम्दानीको कराडौं रकम दिनदुःखीको सेबामा लगाएका थिए । त्यसैले रतन टाटाको निधनले सबैलाई दुःख मनाऊ गरिरहेका छन ।
आफ्नो विनम्र जीवनशैली र टाटा ट्रस्टहरू मार्फत परोपकारी कार्यमा गहिरो प्रतिबद्धताका लागि पनि परिचित उनको निधन पछि उनको उत्तराधिकारी को हुने भन्ने प्रश्न उठिरहेको छ । झन्डै ६० हजार करोड रुपैयाँको सम्पत्तिका मालिक रतन टाटा जीवनभर अविवाहित नै रहेका थिए । उनको सम्पत्ति र उत्तराधिकारीका बारेमा अहिले भारतीय मिडियामा बहस चलिरहेको छ ।
रतन टाटाको उत्तराधिकारीको बारेमा आजदेखि छलफल सुरु भएको हैन, यी बहसहरु लामो समयदेखि चल्दै आएका छन् । टाटा परिवारमा एन चन्द्रशेखर सन् २०१७ देखि टाटा सन्सका अध्यक्ष छन्। उनीहरू बाहेक टाटा समूहका विभिन्न कम्पनीका धेरै व्यक्तिहरू छन्, जसले भविष्यमा टाटा समूहमा विभिन्न जिम्मेवारीहरू निर्वाह गर्न सक्ने देखिएको छ ।
को बन्ला टाटाको उत्तराधिकारी ?
नोएल टाटा
रतन टाटाका पिता नवल टाटाको दोस्रो विवाह सिमोनसँग भएको थियो । उनका छोरा नोएल टाटा रतन टाटाका सौतेनी भाइ हुन्। यो सम्बन्धले उनलाई रतन टाटाको विरासतको उत्तराधिकारी बनाउँन मधत गर्नेछ। नोएल टाटाका तीन सन्तान छन्, जसमा माया, नेभिल र लेआ छन्। यसकारण रतन टाटाको उत्तराधिकारी यी मध्ये जो पनि हुन सक्छन् ।
माया टाटा
यीमध्ये माया टाटा ३४ वर्षकी भइन् र टाटा समूहमा निरन्तर प्रगति गरिरहेकी छन् । बेइज बिजनेस स्कूल र वारविक विश्वविद्यालयबाट शिक्षा प्राप्त गरेपछि माया टाटाले टाटा अपरच्युनिटीज फण्ड र टाटा डिजिटलमा धेरै महत्त्वपूर्ण पदहरू सम्हालिसकेकी छिन्। यस समयमा, मायाको रणनीतिक सीप र दूरदर्शिताले टाटा नियो एप सुरु गर्नमा महत्त्वपूर्ण भूमिका खेलेको थियो।
नेभिल टाटा
नेभिल टाटा ३२ वर्षका भइसकेका छन् र आफ्नो पारिवारिक व्यवसायलाई नयाँ उचाइमा पुर्याउन व्यस्त छन्।नेभिल टाटाले टोयोटा किर्लोस्कर समूहकी मानसी किर्लोस्करसँग विवाह गरेका छन् र स्टार बजार, ट्रेन्ट लिमिटेडको प्रमुख हाइपरमार्केट चेन प्रमुख छन्।
लेह टाटा
नोएल टाटाकी जेठी छोरी लिआ टाटा ३९ वर्षकी भइन् । उनले टाटा समूहको हस्पिटालिटी क्षेत्रमा आफ्नो विशेषज्ञता प्रमाणित गरिरहेकी छिन् । स्पेनको आईई बिजनेस स्कुलमा अध्ययन गरेकी लेहले ताज होटल्स रिसोर्ट र प्यालेसमा महत्वपूर्ण योगदान दिएकी छिन् र विगत १० वर्षदेखि होटल उद्योगसँग आबद्ध छिन् ।
माया, नेभिल र लेहलाई टाटा मेडिकल सेन्टर ट्रस्टको ट्रस्टी बनाइएको छ । टाटा समूहसँग आबद्ध परोपकारी संस्थामा पहिलो पटक युवालाई समावेश गरिएको छ ।
यो ठूलो प्रश्न उत्तराधिकारसँग सम्बन्धित छ
रतन टाटाले टाटा समूहको व्यापार रणनीति मात्र निर्देशित गरेनन्, सो समूहको परोपकारी पहलहरूसँग पनि घनिष्ठ रूपमा संलग्नसमेत थिए। यस्तो अवस्थामा, उत्तराधिकारीको सन्दर्भमा आधारभूत प्रश्न यो हो कि जो उत्तराधिकारी भए पनि आविष्कार, यसको सामाजिक प्रभाव र टाटा समूहको अखण्डतालाई कायम राख्ने जिम्मेवारी लिन सक्षम छन् कि छैनन् ? त्यो हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









