Comments Add Comment

बिजनेश

List Grid
स्वास्थ्य बीमासहितका कार्यक्रमका लागि करिव ४ अर्ब निकासा

काठमाडौं । अर्थ मन्त्रालयले स्वास्थ्य बीमाको भुक्तानीसहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरुका लागि थप ३ अर्ब ८४ करोड रुपैयाँ निकासा गरेको छ।  
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मागका आधारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त रकम निकासा निर्णय गरेका हुन् । 
जसमा स्वास्थ्य बीमा बोर्डलाई ३ अर्ब रुपैयाँ, ज्येष्ठ नागरिकहरुको उपचारलगायतका लागि ६० करोड रुपैयाँ र मुटु रोगका बिरामीलाई निशु:ल्क उपचारका लागि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई २४ करोड रुपैयाँ रहेको छ ।

नेरुडे मिर्मिरे लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौं, फागुन ११ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुको नाममा रहेको सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ३ लाख ६१ हजार २१६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यसमा यो संस्थाका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । 
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (फागुन १२ गते) बाट ३५ दिन भित्र यस लघुवित्तको केन्द्रीय कार्यालय, बनेपा–८ काभेपलाञ्चोकमा आवेदन दिनु पर्नेछ । उक्त समयमा हाल कायम संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने लघुवित्तले जनाएको छ ।

एभरेष्ट बैङ्कको १३० औं शाखा फिदिममा

पाँचथर। एभरेष्ट बैङ्क लिमिटेडले फिदिममा आफ्नो १३०औं शाखा विस्तार गरेको छ।
गत पुसबाटै सञ्चालनमा आएको उक्त शाखाको विहीवार फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले उद्घाटन गर्नुभयो। शाखा उद्घाटन गर्दै काफ्लेले वित्तीय संस्थाहरुको लगानीले फिदिम बजार र यहाको अर्थब्यवस्था विकासमा टेवा पुर्याएको वताउँदै बैङ्कहरुले सहज सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले कर्जा विस्तार गरी कृषि क्षेत्रको ब्यवसायिक विकासमा मद्दत गर्न आग्रह गर्नुभयो।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य दीपक नेपाल र पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष नवराज घिमिरेले वित्तीय संस्थाहरुले कर्जा प्रवाहलाई सरल बनाई बजारलाई चलायमान बनाउन मद्दत गर्नुपर्ने वताउनुभयो। उहाँहरुले …

पेट्रोलियम पदार्थको मुल्य बृद्दी, पेट्रोल प्रतिलिटर अब १६७ रूपैयाँसम्म

काठमाडौं, १८ माघ । पेट्रोलियम पदार्थको मुल्य बढेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
ईण्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य बढेर आएपछि निगमले नेपालमा पनि मूल्य बढाएको बिज्ञप्तिमा जनाइएको छ ।
भारतवाट मूल्य बढेर आएपछि नेपालमा पेट्रोलमा प्रतिलिटर २ र डिजेल र मट्टितेलमा ४ रुपैयाँ बढाइएको जनाएको छ । साथै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिलिटर ४३ डलरका दरले बढेको छ भने पोखरा र भैरहवाका लागि ब्रेक इभन पोइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ ।
यससँगै अब पेट्रोलको मूल्य पहिलो वर्गमा १६४.५०, दोस्रोमा १६६ …

सहकारीका पदाधिकारीको पदभार ग्रहण, व्यावस्थित रूपमा संस्था संचालन गर्न सुझाव

रमेश थापा
पाँचथर- हाम्रो बचत तथा ऋण सहकारी संस्थाको १५ औँ साधारण सभा तथा ५ औँ अधिवेशनमा निर्वाचित पदाधिकारीहरूको पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ। आइतबार यासोक बजारको उद्योग बाणिज्य संघ शाखा कार्यालयको हलमा सम्पन्न भएको कार्यक्रममा संस्थाका नवनिर्वाचित संचालक समितिका र लेखा समितिका पदाधिकारीहरूको पदभार ग्रहण गरिएको हो। सोही अवसरमा नव निर्वाचित समितिका अध्यक्ष मेघराज निरौलाले सहकारी स्थापना र वर्तमान अवस्था साथै आगामी योजनाको विषयमा प्रकाश पार्नुभएको थियो।
उहाँले संस्थाको दिगो विकाशको लागि संचालक समिति र सेयर सदस्यहरू एक जुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो। सोही अवसमा नेपाल कम्युनिस्ट पाटी एकिकृत समाजवादी …

रोकिएको सहकारीको साधारण सभा २० गते हुने

रमेश थापा
पाँचथर: हाम्रो बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा पुष २० गते हुने भएको छ। पुष १२ गते भएको साधारण सभा र अधिवेशनले सार्वजनिक गरेको प्रतिवेदन पारित नभएपछि साधारण सभा स्थगित भएको थियो। प्रतिवेदनमा देखिएको प्राविधिक समस्या समाधानसंगै सहकारीको १५ औं साधारण सभा र ५ औं अधिवेशन पुष २० गते शनिबार हुने सहकारीका सचिव केन्द्र प्रकाश बरालले जानकारी दिए।
सहकारीको सधारण सभामा सार्वजनिक गरेको प्रतिवेदनमा समस्या भएको भन्दै सेयर सदस्हयरुले साधारण सभा र अधिवेशन स्थगित गर्न सुझाव दिएपछि सहकारीको साधारण सभा रोकिएको थियो।

नेपाल र कोरियालीबिचमा व्यापार तथा लगानी प्रर्वद्धन सम्झौता

दक्षिण कोरिया, ४ पुस । उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारी र दक्षिण कोरियाली समकक्षी इन्क्यो च्योङ बीच द्विपक्षीय व्यापार तथा लगानी प्रर्वद्धन फ्रेमवर्कमा सम्झौता भएको छ । 
गणतन्त्र दक्षिण कोरिया र नेपालको द्विपक्षीय सम्बन्ध स्थापित भएको ५० वर्ष पुगेको अवसरमा कोरिया भ्रमणमा रहनुभएका मन्त्री भण्डारीले आज कोरियाको राजधानी सिओलमा आयोजीत एक समारोहका बीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।
यस अवसरमा मन्त्री भण्डारीले दक्षिण कोरिया र नेपालको द्विपक्षीय सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको महत्वपूर्ण अवसरमा गरिएको त्क्ष्एँ सम्झौताले दुई देश बीचको कुटनितीक, सांस्कृतिक र आर्थिक सम्बन्धहरू नयाँ उचाइमा पुग्ने …

एक करोडको चाँदीसहित बारामा एक पक्राउ

काठमाडौं – बाराबाट ठूलो परिमाणमा चाँदीसहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नम्बर ५ घुसुकपुरका ३६ वर्षीय कर्म साह सोनार रहेका छन्।
प्रदेश ०३-००५प ३२६ नम्बरको स्कुटरमा वीरगन्जबाट हेटौंडा जाँदै गरेका सोनारलाई अमलेखगन्जस्थित इलाका प्रहरी कार्यालयको टोलीले जितपुर सिमरा उपमहानगरपालिका २१ अमलेखगन्जबाट शनिबार बिहान पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार उनको साथबाट ६० किलो चाँदीको धुलो बरामद भएको छ। बरामद चाँदीको अन्दाजी बजार मूल्य एक करोड दुई लाख रहेको छ।
स्कुटरको खुट्टा राख्ने ठाउँमा फल्स बटम बनाएर सोनारले चाँदी तस्करी गरिरहेका थिए। उनले भारतबाट अवैध रुपमा चाँदी ल्याएका …

कुम्मायक गाउँपालिकामा पेट्रोल पम्प संचालन

रमेश थापा
पाँचथर–पाँचथरको कुम्मायक गाउँपालिका–५ को भुल्केमा पेट्रोल पम्प संचालनमा आएको छ। कुम्मायक–५ को भूल्केको तमोर कोरिडोरमा स्थापना भएको किराँत पेट्रोल पम्प संचालनमा आएको पेट्रोल पम्प संचालक सुमन लामाले जानकारी दिनुभयो। सुनसरीको चतरादेखि पाँचथरको अमरपुर हेदै ताप्लेजुङको ओलाङ्चुङगोलासम्म जोड्ने तमोर कोरिडोर सडक अन्तरर्गत कुम्मायक गाउँपालिकाको भुल्केमा पहिलो पटक पेट्रोल पम्प संचालन आएको हो।
भुल्केमा पेट्रोल पम्प संचालन आएपछि तमोर कोरिडोरमा आवतजावत गर्ने यात्रु र कुम्मायक, तुम्बेवा र फाल्गुनन्द गाउँपालिकाका नागरिकलाई सहज हुने कुम्मायक गाउँपालिकाले जनाएको छ।