आठराईमा तीन दिने महिला उदघोषण कला तथा नेतृत्व विकाश तालिम सम्पन्न हाम्रो नेतृत्व हाम्रो अभियान संस्थाले आयोजना गरेको ३ दिने महिला उद्घोषण तथा नेतृत्व विकास तालिम आठराईको सक्रान्तिबजारमा सम्पन्न भएको छ।आठराई गाउँपालिका भित्रका ४५ जना सहभागी रहेको तालिमको सहजिकरण बिराट एफ एम झापाकी लिला अनमोलले गरेकि थिइन।
फागुन १६ गते देखि १८ गते सम्म सन्चालित तालिमको समापन पश्चात धेरैले तालिमबाट आत्मविश्वास बढेको, आफ्नो विचार प्रभावकारी रूपमा प्रस्तुत गर्ने क्षमता विकास भएको र नेतृत्व क्षमतामा सुधार आएको अनुभव व्यक्त गरे । उदघोषण तथा नेतृत्व विकास सम्बन्धी सिकाइले सहभागिहरूको दैनिक जीवन र सामाजिक कार्यमा ठूलो फाइदा पुग्ने अपेक्षा रहेको संस्थाकी अध्यक्ष सनिशा भेटवालले जानकारी दिइन ।