Comments Add Comment

वडाका किसानलाई अनुदानको मिनिमिल

रमेश थापा
पाँचथर-पाँचथरको कुम्मायक गाउँपालिका–३ सेपेनीका किसानलाई अनुदानमा मिनिमिल बितरण गरिएको छ। वडाले लागत साझेदारीमा गत आर्थिक वर्षको १० लाख रकमबाट २६ वटा मिनिमिल खरिद गरी अनुदानमा किसानलाई बितरण गरेको हो। वडाको ५ लाख र किसानको ५ लाख गरी १० लाख रुपैयाँमा मिनिमिल खरिद गरी किसानलाई ५० प्रतिशत अनुदानमा बितरण गरिएको वडाअध्यक्ष बाबुराम कार्कीले जानकारी दिनुभयो।
वडामा मकै र धान बढि उत्पादन गर्ने किसानको पहिचान गरी कुटानी र पिसानीको मेसिन अनुदनमा वितरण गरिएको कार्कीको भनाइ छ। ५० प्रतिशत अनुदानमा मिनिमिल पाएका किसानले प्रति मिनिमिल बापत १६ हजार रुपैयाँ रकम जम्मा गरेका थिए।
वडाले किसानको मागको आधारमा प्रत्येक वर्ष मिनिटिल, विद्युतीय मदानी, मिनिमिल वितरण गर्दै आएको छ। वडामा औजार र उपकरणको प्रयोग गरी कृषि जन्य वस्तुको उत्पादनमा वृद्धि गर्न प्राथमिकता दिने वडाको लक्ष्य छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै