+
+

गाउँमै राष्ट्रिय परिचयपत्र वितरण तथा संकलन, जेष्ठ नागरिक उत्साहित

823 पटक हेरिएको
Clock २०८१ भाद्र १०, सोमबार ११:५३
-- Sponsored --

AI सारांश

Fast AI

१. कुम्मायक गाउँपालिकाले जेष्ठ नागरिक, शारिरिक असक्ता र अपाङगता भएका नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गरेको छ।
२. तीन दिने शिविर संचालन गरी गाउँपालिकावासीलाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको हो, जसमा ६६२ नागरिकले सेवा लिएका थिए।
३. जिल्ला प्रशासन कार्यालय पाँचथरले जिल्लाका सबै स्थानीय तहमा शिविर संचालन गर्ने योजना बनाएको छ, जस्ले पहिलो पटक याङवरक गाउँपालिकापछि कुम्मायक गाउँपालिकामा शिविर संचालन गरेको छ।

रमेश थापा
पाँचथर-पाँचथरको कुम्मायक गाउँपालिकाले जेष्ठ नागरिक, शारिरिक असक्ता र अपाङगता भएका नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गरेको छ। सामाजिक सुरक्षा भत्ता लिनको लागि राष्ट्रिय परिचयपत्र चाहिने भएपछि तीन दिने शिविर संचालन गरी गाउँपालिकावासीलाई राष्ट्रिय परिचयपत्र वितरण गरेको हो। सदरमुकाममा पाउने सेवा गाउँपालिकामा पाएकोमा कुम्मायक–५ का हुकुम बहादुर कार्की खुसी देखिनु हुन्थ्यो। ‘फिदिममा जाँदा धेरै पैसा खर्च हुन्थ्यो। हामी बुढापाकालाई पनि समस्या हुन्थ्यो कार्कीले भन्नुभया्े अहिले, गाउँपालिकामै सेवा पाउँदा खुसी लागेको छ। हर्सित मुद्रमा उहाँले सुनाउनुभयो।


स्थानीय तहको समन्वयमा जिल्ला प्रशासान कार्यालय पाँचथरले बिभिन्न स्थानीय तहमा शिविर संचालन गर्दै आएको छ। पहिलो पटक जिल्लाको याङवरक गाउँपालिकापछि कुम्मायक गाउँपालिकामा शिविर संचालन गरेको छ। भदौ १० र ११ गते तुम्बेवा गाउँपालिकामा शिविरको आयोजना गरिएको छ।

जेष्ठ, असक्त र अपाङ्गता भएका नागरिकलाई सहज रुपमा सेवा दिने उदेश्यले जिल्लाका सबै स्थानीय तहमा शिविर संचालन गरिने प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद कोइरालाले जानकारी दिनुभयो। शिविर संचालन गर्न बाँकी रहेका स्थानीय तहमा पनि चाँडै शिविर संचालन गरी नागरिकलाई सेवा दिने उहाँको भनाइ छ।


भदौ ७ गतेदेखि ९ गतेसम्म संचालन भएको शिविरमा ६६२ नागरिकले सेवा लिएका थिए। जसमा परिचयपत्र ३०३ जनाको वितरण भएको छ भने ३५९ जनाको दर्ता (विवरण संकलन) भएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका नागरिकले शिविर संचालन गर्नुपर्ने माग गरेपछि जिल्ला प्रशासन कार्यालयमा आग्रह गरी शिविर संचालन गरिएको गाउँपालिका अध्यक्ष वमप्रसाद लावतीले जानकारी दिनुभयो। गाउँपालिकाका जेष्ठ, असक्त र अपाङ्गता भएका नागरिकले गाउँमै शिविर संचालन गर्नुपर्ने माग राखेपछि मैले प्रमुख जिल्ला अधिकारीसंग समन्वय गरेको थिए । फलस्वरुप आज शिविर संचालन गरी नागरिकलाई सेवा दिन सफल भएका छौ लावतीले भन्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win