+
+

याङवरकका २३ जना युवायुवतीलाई केलाङ नृत्य प्रशिक्षण

129 पटक हेरिएको
Clock २०८२ बैशाख २९, सोमबार २२:५२
-- Sponsored --

AI सारांश

Fast AI

१. याङवरक गाउँपालिकाले २३ जना युवायुवतीलाई केलाङ (च्याब्रुङ नाच) नृत्यको प्रशिक्षण दिएको छ।
२. गाउँपालिकाको वार्षिक कार्यक्रमबमोजिम छ वटै वडाका २३ जना युवायुवतीलाई पाँच दिने केलाङ नृत्यको प्रशिक्षण दिइएको हो।
३. प्रशिक्षण पाएकाहरुले आफ्नो गाउँ टोलमा अरुलाई पनि सिकाउने अपेक्षा गरेका छन्।

पाँचथर, २९ वैशाख:

याङवरक गाउँपालिकाले २३ जना युवायुवतीलाई केलाङ (च्याब्रुङ नाच) नृत्यको प्रशिक्षण दिएको छ।

गाउँपालिकाको वार्षिक कार्यक्रमबमोजिम छ वटै वडाका २३ जना युवायुवतीलाई पाँच दिने केलाङ नृत्यको प्रशिक्षण दिइएको हो। याक्थुङ (लिम्बू) जातिको मौलिक नृत्य च्याब्रुङ नाचबारे नयाँ पुस्ता प्रशिक्षित नहुँदा समाजमा च्याब्रुङको संख्या कम हुँदै गएका कारण यसको संरक्षणका लागि तालिम दिइएको गाउँपालिका अध्यक्ष भीमबहादुर योङ्या (सुवास) को भनाइ छ। “प्रशिक्षण पाएकाहरुले आफ्नो गाउँ टोलमा अरुलाई पनि सिकाउने अपेक्षा गरेका छौं”, योङ्याले भन्नुभयो।

गाउँपालिकाको सामुदायिक भवन थर्पुमा आयोजित पाँच दिने प्रशिक्षण आज सम्पन्न भएको हो। युवायुवतीहरुलारई किराँत याक्थुङ चुम्लुङका सचिवसमेत रहनुभएका कलाकार यासेली योङहाङ, पूर्णबहादुर सेलिङ र उदय बेघाले प्रशिक्षण दिनुभएको थियो।

गाउँपालिकाभित्रका सबै जातजातिका धार्मिक-साँस्कृतिक परम्पराको जगेर्ना तथा सम्वर्द्धन गर्ने उद्देश्यले वर्षेनि फरक–फरक जाति विशेषका लागि यस प्रकारका तालिम हुँदै आएको गाउँपालिका उपाध्यक्ष बाबा मेन्याङ्बोको भनाइ छ। प्रशिक्षणको आज आयोजित समापन कार्यक्रममा यहाँ लिम्बू समुदायको कला संस्कृतिको जगेर्ना र सम्वर्द्धनमा सक्रिय अगुवा बमबहादुर माबो र काजीमान माबोलाई सम्मान गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win