0 प्रतिक्रिया
पाँचथरबाट सार्बाधिक कर दाखिला गरेबापत नरेन्द्र केरुङ सम्मानित
AI सारांश
Fast AI१. पाँचथरबाट सार्बाधिक कर (आयकर) दाखिला गरेबापत केरुङ एण्ड एसोसिएट्स, रजिष्ट्रड अडिटर पाँचथर सम्मानित भएको छ।
२. केरुङ एण्ड एसोसिएट्सले पाँचथरबाट सबैभन्दा धेरै आयकर दाखिला गरेको थियो आर्थिक बर्ष २०७९/०८० मा।
३. केरुङ एण्ड एसोसिएट्सका सञ्चालक नरेन्द्र कुमार केरुङलाई आन्तरिक राजस्व कार्यालय भद्रपुरले राष्ट्रिय कर दिवस २०८१ को अवसरमा सम्मान गरेको हो।
पाँचथर। पाँचथरबाट सार्बाधिक कर (आयकर) दाखिला गरेबापत केरुङ एण्ड एसोसिएट्स, रजिष्ट्रड अडिटर पाँचथर सम्मानित भएको छ।
राष्ट्रिय कर दिवस २०८१ को अवसरमा केरुङ एण्ड एसोसिएट्सका सञ्चालक नरेन्द्र कुमार केरुङलाई आन्तरिक राजस्व कार्यालय भद्रपुरले सम्मान गरेको हो। कर कार्यालय भद्रपुरले केरुङसहित पाँच जना व्यवसायीलाई सम्मान गरेको हो। आर्थिक बर्ष २०७९/०८० मा केरुङ एण्ड एसोसिएट्सले पाँचथरबाट सबैभन्दा धेरै आयकर दाखिला गरेको थियो।
आफ्नो कार्यक्षेत्र अन्तर्गत लेखा ब्यवसायबाट सार्बाधिक कर दाखिला गरेको यो पहिलो रेकर्ड भएको कर कार्यालय भद्रपुरले जनाएको छ। ‘यसअघि लेखा व्यवसायबाट सबैभन्दा धेरै कर दाखिला भएको रेकर्ड छैन् ,’ कर कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत कृष्ण चन्द्र काफ्लेले भने ‘केरुङ एण्ड एसोसिएट्स पाँचथरले नयाँ रेकर्ड कायम गरेको छ।’
केरुङ एण्ड एसोसिएट्सका सञ्चालक नरेन्द्र कुमार केरुङ लेखा व्यवसायसहित राजनीतिमा आबद्ध छन्। सार्बाधिक कर तिरेर राष्ट्रिय बिकासमा योगदान गर्न पाउँदा आँफूलाई गौरब लागेको केरुङले बताए। ‘इमानपूर्बक कर तिर्नु हामी सबैको दायित्व हो,’ उनले भने‘ सवै राजनीतिकर्मी, समाजसेवी कुनै न कुनै पेशा व्यवशायसँग जोडिए राजनीति प्रति जनविश्वास अझ वड्ने थियो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









