0 प्रतिक्रिया
रबि लामिछाने थप ४ दिन हिरासतमा नै रहने
AI सारांश
Fast AIयस समाचारको ३ वटा बुँदामा छोटो सारांश यस प्रकार छ:
* पुर्व उपप्रधान तथा गृह मन्त्री रबि लामिछानेलाई थप ४ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ।
* लामिछाने माथी सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण गरी तीनवटा मुद्दा दर्ता गराउने तयारीमा प्रहरी पुगेको छ।
* कास्की अदालतमा सूर्यदर्शन सहकारी ठगीमा संलग्न ठानिएका लामिछानेसहित ५१ जना प्रतिवादी र १ अर्ब ५१ करोड बीगो माग गरिने भएको छ।
कास्की, २ पुस । पुर्व उपप्रधान तथा गृह मन्त्री रबि लामिछानेलाइ थप ४ दिन थुनामा राख्न अदालतले आदेश दिएको छ ।
रास्वपा सभापतिसमेत रहेका लामिछानेसहित ५ जनालाई कास्की जिल्ला अदालत उपस्थित गराइएकोमा लामिछानेलाइ थप ४ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।
लामिछाने माथी सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण गरी तीनवटा मुद्दा दर्ता गराउने तयारीमा प्रहरी पुगेको छ । अनुसन्धानका अझै जारी रहेको भन्दै आज म्याद थपका लागि अदालत लगिएको थियो ।
डीएसपी वसन्तकुमार शर्माले सञ्चारकर्मीलाइ दिएको जानकारी अनुसार कास्की अदालतमा सूर्यदर्शन सहकारी ठगीमा संलग्न ठानिएका लामिछानेसहित ५१ जना प्रतिवादी र १ अर्ब ५१ करोड बीगो माग गरिने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
muktinath bikash bank
4 Stories
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
2 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories
एसियान पैन्ट
7 Stories











