0 प्रतिक्रिया
ताप्लेजुङ गोल्डकप आजदेखि : तेल्लोक स्पोर्टिङ क्लबको सामना यङ ब्रदर्ससँग
AI सारांश
Fast AI१. ताप्लेजुङको सदरमुकाम फुङलिङमा तेस्रो अन्तराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिता आजदेखी सुरु हुने छ।
२. प्रतियोगिताको पहिलो दिन आयोजक तेल्लोक स्पोर्टिङ क्लबले द योङ ब्रदर्श क्लब इटहरी, सुनसरीको सामना गर्ने छ।
३. प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख २ हजार ८२ र उपविजेताले ३ लाख ५० हजार ८२ रुपैँया सहित ट्रफि,मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्।
पाँचथर । ताप्लेजुङको सदरमुकाम फुङलिङमा हुने तेस्रो अन्तराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिता आजदेखी सुरु हुदै छ।
लाखेजात्रा पर्वको अवशरमा लाखेजात्रा सञ्चालन समिति ताप्लेजुङद्धारा आयोजित प्रतियोगिताको पहिलो दिन अर्थात उद्घाटन खेलमा आयोजक तेल्लोक स्पोर्टिङ क्लबले द योङ ब्रदर्श क्लब इटहरी, सुनसरीकोे सामना गर्नेछ। खेल दिनको २ः ३० बजेदेखी शुरु हुने छ।
यसैगरि साउन २५ गते हुने क्वाटरफाइनलमा साहारा क्लब पोखरा र रेड स्टार फुटबल क्लब झापाविच प्रतिस्पर्धा हुने छ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख २ हजार ८२ र उपविजेताले ३ लाख ५० हजार ८२ रुपैँया सहित ट्रफि,मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खेलमा सर्वोत्कृष्ट बन्ने खेलाडीले यामाहाको बाइक प्राप्त गर्ने पनि आयोजकले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









