पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने
भोजपुर, ५ चैतः भोजपुरको पौवादुङमा गाउँपालिकाले हालै आएको हावाहुरीका कारण क्षति बेहोरेका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ।
यही चैत २ गते बेलुका आएको हावाहुरीबाट प्रभावित घरपरिवारको स्थलगत अनुगमनपछि गाउँपालिकाले प्रतिपरिवार रु २० हजारका दरले राहत वितरण गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभययो।
उहाँका अनुसार प्रभावित परिवारको अवस्थालाई दृष्टिगत गर्दै स्थलगत निरीक्षणपछि प्रतिपरिवार रु २० हजारका दरले राहत प्रदान गर्ने निर्णय गरिएको हो । “प्राकृतिक विपत्तिका कारण समस्यामा परेका नागरिकलाई तत्काल सहयोग पु¥याउनु हाम्रो दायित्व हो”, अध्यक्ष राईले भन्नुभयो, “क्षतिको विवरण सङ्कलनसँगै राहत वितरणलाई तीव्रता दिइएको छ।”
गाउँपालिकाका प्रमुख …
भीषण हावाहुरीले पाँचथरको जय नारायण आदर्श माविको छानो उडायो, ५० लाख बढीको क्षति
पाँचथर- पाँचथरको फाल्गुनन्द गाउँपालिका–६, मेहेलबोटेस्थित श्री जय नारायण आदर्श माध्यमिक विद्यालयमा २०८२ चैत २ गते राति करिब ९–१० बजेको समयमा वर्षासहित आएको हावाहुरीले ठूलो क्षति पुर्याएको छ।
हावाहुरीले विद्यालयका दुईवटा भवनमा असर पारेको छ। जसमध्ये एउटा इँटा र सिमेन्टको गारो तथा जस्ताको छानो भएको दुईतले, १३ कोठे पक्की भवनको छानो पूर्ण रूपमा हावाले उडाएको छ। सोही भवनको छानो उडेर अर्को सोहि विद्यालयको हल र कार्यकक्षका रुपमा प्रयोग हुँदै आएको भवनको छाना बिच भागमा किचिँएर भाँचिएको छ।
विद्यालयका प्रधानाध्यापक प्रकाश आचार्य का अनुसार सो १३ कोठे भवनभित्र कक्षा कोठा, प्राविधिक तर्फको कार्यालय, पुस्तकालय, …
