0 प्रतिक्रिया
भीषण हावाहुरीले पाँचथरको जय नारायण आदर्श माविको छानो उडायो, ५० लाख बढीको क्षति
default
AI सारांश
Fast AI१. पाँचथरको फाल्गुनन्द गाउँपालिका–६, मेहेलबोटेस्थित श्री जय नारायण आदर्श माध्यमिक विद्यालयमा २०८२ चैत २ गते राति करिब ९–१० बजेको समयमा वर्षासहित आएको हावाहुरीले ठूलो क्षति पुर्याएको छ।
२. हावाहुरीले विद्यालयका दुईवटा भवनमा असर पारेको छ, जसमध्ये एउटा इँटा र सिमेन्टको गारो तथा जस्ताको छानो भएको दुईतले, १३ कोठे पक्की भवनको छानो पूर्ण रूपमा हावाले उडाएको छ।
३. प्रारम्भिक सर्जमिन मुचुल्का अनुसार करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।
पाँचथर- पाँचथरको फाल्गुनन्द गाउँपालिका–६, मेहेलबोटेस्थित श्री जय नारायण आदर्श माध्यमिक विद्यालयमा २०८२ चैत २ गते राति करिब ९–१० बजेको समयमा वर्षासहित आएको हावाहुरीले ठूलो क्षति पुर्याएको छ।
हावाहुरीले विद्यालयका दुईवटा भवनमा असर पारेको छ। जसमध्ये एउटा इँटा र सिमेन्टको गारो तथा जस्ताको छानो भएको दुईतले, १३ कोठे पक्की भवनको छानो पूर्ण रूपमा हावाले उडाएको छ। सोही भवनको छानो उडेर अर्को सोहि विद्यालयको हल र कार्यकक्षका रुपमा प्रयोग हुँदै आएको भवनको छाना बिच भागमा किचिँएर भाँचिएको छ।
विद्यालयका प्रधानाध्यापक प्रकाश आचार्य का अनुसार सो १३ कोठे भवनभित्र कक्षा कोठा, प्राविधिक तर्फको कार्यालय, पुस्तकालय, विद्यालय नर्सिङको कार्यकक्ष, कम्प्युटर ल्याब तथा अन्य कक्षाकोठाहरू रहेका थिए। हावाहुरीका कारण त्यहाँ रहेका ल्यापटप, कम्प्युटर, प्रिन्टर, करिव ५०० पुष्तक तथा प्राविधिक कागजातहरू भिजेर नष्ट हुने अवस्थामा पुगेका छन्। साथै इन्ट्राक्टिभ बोर्ड, स्मार्ट टिभी, सोलार इन्भर्टर र इन्टरनेट जडानजस्ता विद्युतिय सामग्रीहरु समेत पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
हावाहुरीले भवनमा जडान गरिएका जस्तापाता उडाएर गाउँभर छरिएका थिए। ती सामग्रीहरू संकलन गरी पुनः विद्यालय प्राङ्गणमा ल्याइएको छ।
शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक, जनप्रतिनिधि, सरोकारवाला तथा स्थानीय प्रहरीको टोलीले आज बिहान ७ बजे घटनास्थलमा स्थलगत अनुगमन गरेको छ। प्रारम्भिक सर्जमिन मुचुल्का अनुसार करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।
घटनापछि फाल्गुनन्द गाउँपालिका अध्यक्ष बृजहाङ आङ्देम्बे तथा प्रमुख प्रशासकीय अधिकृत देवी तुम्बापो समेत घटनास्थलमै पुगेर क्षतिको अवलोकन गर्नुभएको छ।
यस घटनापछि विद्यालयमा पठनपाठन सञ्चालनमा समेत समस्या उत्पन्न भएको विद्यालयका प्रधानाध्यापक प्रकाश आचार्य ले जानकारी गराउनुभएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
muktinath bikash bank
4 Stories
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
2 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories
एसियान पैन्ट
7 Stories











