+
+

एसईईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई ल्यापटप

331 पटक हेरिएको
Clock २०८२ चैत्र ७, शनिबार ०८:४७
-- Sponsored --

AI सारांश

Fast AI

१. पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं. ५ को कार्यालयले गत माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सर्वोत्कृष्ट अङ्क ल्याउने विद्यार्थी सोनि सुहाङलाई ल्यापटप उपहार दिएको छ।
२. विद्यार्थीहरुलाई अध्ययनमा प्रोत्साहित गर्ने र सर्वोत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई उच्च शिक्षा अध्ययनमा मद्दत मिल्ने अपेक्षासहित गत वर्षबाट यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो।
३. हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारीले धेरै लगानी गरिएका सामुदायिक विद्यालयहरुमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न यस प्रकारका रचनात्मक कार्यक्रम आवश्यक रहेको वताउनुभयो।

पाँचथर, ६ चैतः
पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं. ५ को कार्यालयले गत माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सर्वोत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई ल्यापटप उपहार दिएको छ।
गत एसईई परीक्षामा यस वडाको निलगिरि माध्यमिक विद्यालयबाट ३.३५ जीपीए ल्याइ उत्तिर्ण सोनि सुहाङलाई ल्यापटप उपहार दिइएको हो । विद्यार्थीहरुलाई अध्ययनमा प्रोत्साहित गर्ने र सर्वोत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई उच्च शिक्षा अध्ययनमा मद्दत मिल्ने अपेक्षासहित गत वर्षबाट यो कार्यक्रम सञ्चालनमा ल्याइएको वडाध्यक्ष बिर्खबहादुर सुहाङले जानकारी दिनुभयो। वडाले एक थान ‘कोर आइ–फाइभ’ ल्यापटप सहित सर्वोत्कृष्ट अङ्क ल्याउने विद्यार्थी सुहाङ तथा उहाँका अभिभावकलाई सम्मान गरेको हो। वडा कार्यालयले गाउँपालिकाबाट प्राप्त बजेटमै सर्वोत्कृष्ट विद्यार्थी प्रोत्साहन कार्यक्रम समावेश गरेको वडाध्यक्ष सुहाङले वताउनुभयो।
सर्वोत्कृष्ट विद्यार्थीलाई सम्मान गर्दै हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारीले धेरै लगानी गरिएका सामुदायिक विद्यालयहरुमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न यस प्रकारका रचनात्मक कार्यक्रम आवश्यक रहेको वताउनुभयो। अध्यक्ष अधिकारीले अन्य वडा कार्यालयहरुलाई समेत यस प्रकारका प्रोत्साहनका कार्यक्रम अगाडि बढाउन आग्रह गर्दै गाउँपालिकाले यस्तै प्रयास थाल्ने वताउनुभयो। विद्यार्थी प्रोत्साहन कार्यक्रममा सहभागी वडावासीहरुले उक्त कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win