+
+

दोस्रो कुम्मायक कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकपमा आयोजक यलम्बरको विजयी सुरुआत

38 पटक हेरिएको
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न प्ले गर्नुहोस्
Clock २०८३ बैशाख १९, शनिबार २०:५६
-- Sponsored --

AI सारांश

Fast AI

१. दोस्रो कुम्मायक कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकप–२०८३ प्रतियोगिता सुरु भएको छ, जसमा आयोजक यलम्बर युवा संस्था विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ।
२. आयोजकले ताप्लेजुङको कर्णसिं सोनाम एफ.सी.लाई ४–० गोलअन्तरले पराजित गरेको हो, जसमा सबिन घिमिरे, प्रकाश धमला, र लोकेन्द्र थापाले गोल गरेका थिए।
३. प्रतियोगितामा आठ टिमको सहभागिता रहेको छ, जसमा प्रत्येक टिमले चार जना विदेशी खेलाडी सहभागी गराउन पाउने व्यवस्था गरिएको छ, र विजेताले रु. ४,२५,५५५ तथा उपविजेताले रु. २,१२,७७७ नगद पुरस्कार प्राप्त गर्नेछन्।

मनोज थापा

पाँचथर-पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा आजबाट दोस्रो कुम्मायक कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकप–२०८३ सुरु भएको छ।

“यलम्बरको सान, कुम्मायकको पहिचान” भन्ने मूल नारासहित पृथ्वी माविको खेलमैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक यलम्बर युवा संस्था विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ। आयोजकले ताप्लेजुङको कर्णसिं सोनाम एफ.सी.लाई ४–० गोलअन्तरले पराजित गरेको हो।

खेलको दोस्रो हाफमा आयोजकले उत्कृष्ट प्रदर्शन गरेको थियो। ३७ औँ मिनेटमा सबिन घिमिरेले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए भने ४४ औँ मिनेटमा प्रकाश धमलाले दोस्रो गोल थपे। त्यसपछि ४८ औँ र ७० औँ मिनेटमा लोकेन्द्र थापाले व्यक्तिगत दुई गोल गर्दै टोलीको जित सुनिश्चित गरे।

खेलको प्लेयर अफ द म्याच सबिन घिमिरे घोषित हुँदै नगद रु. ७ हजार प्राप्त गरे भने फ्यान अफ द म्याच उज्वल आङ्देम्बे (यामाल) घोषित हुँदै नगद रु. १,५०० प्राप्त गरे।

उद्घाटन समारोहका प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य मैया श्रेष्ठ लावती रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता यलम्बर युवा संस्थाका अध्यक्ष भिम नारेन लावती “विवस” ले गर्नुभएको थियो। कार्यक्रममा स्वागत मन्तव्य यलम्बर युवा संस्थाका उपाध्यक्ष देवीकुमार लावतीले राख्नुभएको थियो भने कुम्मायक गाउँपालिकाका अध्यक्ष वमप्रसाद लावतीले शुभकामना मन्तव्य राख्नुभएको थियो।

प्रमुख अतिथि मैया श्रेष्ठ लावतीले त्रिशाली पूजा तथा मेलाको शुभकामना व्यक्त गर्दै खेलकुदले समाजमा एकता, अनुशासन र युवाहरूको प्रतिभा विकासमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस्ता प्रतियोगिता निरन्तर सञ्चालन हुनुपर्नेमा जोड दिनुभएको थियो।

उक्त कार्यक्रममा जनप्रतिनिधिहरू, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, संघ–संस्थाका प्रतिनिधि लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

गोल्डकपको दोस्रो दिन बैशाख २० गते आइतबार झापा–११ र रेडहर्ष इलामबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। प्रतियोगितामा आठ टिमको सहभागिता रहेको छ भने प्रत्येक टिमले चार जना विदेशी खेलाडी सहभागी गराउन पाउने व्यवस्था गरिएको छ।

बैशाख २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले रु. ४,२५,५५५ तथा उपविजेताले रु. २,१२,७७७ नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै विभिन्न विधागत उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार प्रदान गरिनेछ।

यलम्बर युवा संस्थाद्वारा आयोजित प्रतियोगिता त्रिशाली पूजा तथा मेलाको अवसरमा आयोजना गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न यहाँ थिच्नुहोस्
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win