Comments Add Comment

उच्च रक्तचापबाट बच्न : दैनिक ब्यायाम आवश्यक

काठमाडौं । आज विश्व उच्च रक्तचाप दिवस देशभर विभिन्न कार्यक्रम गरि मनाइदैँ छ । यसवर्ष ‘आफ्नो रक्तचाप सही तरिकाले नाप्नुहोस्, नियन्त्रण गर्नु र लामो समय बाँच्नु’ भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो।

सन् २००५ बाट यो दिन मनाउन शुरु गरिएको हो। बदलिँदो जीवनशैली, प्याकेटका खानेकुरा, प्रशोधित पदार्थ, व्यस्त जीवनशैलीले गर्दा मानिसको स्वास्थ्यमा असर पर्दै गईरहेको छ । यसले गर्दा उच्च रक्तचापको समस्या पनि बढ्दो अवस्थामा छ।

उच्च रक्तचाप वर्तमान अवस्थाको एउटा डरलाग्दो स्वास्थ्य समस्या हो । यसमा सबैको ध्यान जान जरुरी छ । उच्च रक्तचापलाई हृदय रोगको प्रमुख तत्व मानिन्छ यसलाई समयमा नियन्त्रण नगरे, मृगौलाका रोगहरू, थाइरायडका समस्या अनि विभिन्न नशाजन्य रोगहरू पनि लाग्छन् । औषधीको सेवन र डाक्टर कहाँ वर्षभरि धाउनुभन्दा समय समयमा जाँच गर्नु ठीक हुन्छ यसतर्फ पनि सबै सचेत हुन जरुरी छ ।

उच्च रक्तचापबाट बच्नको लागि धुम्रपान, मद्यपानबाट टाढा रहनुको साथै, दैनिक ब्यायाम र खेलकुदमा आफूलाई संलग्न गराउन आवश्यक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै