0 प्रतिक्रिया
सभापतिवाट राजिनामा दिएको पत्र रामहरीले बुझाए सभामुखलाई
AI सारांश
Fast AIनेपाली समाचारको ३ वटा बुँदामा छोटो सारांश:
* रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट राजिनामा दिएका छन्।
* उनले संघीय निजामती सेवा विधेयकमा 'कुलिङ अफ पिरियड' प्रकरणमा मुछिएर बिबादित बनेको कारणले जिम्मेवारी स्विकार गर्दै राजिनामा दिएका हुन्।
* उनले राजिनामा पत्र सभामुख देवराज घिमिरेसमक्ष औपचारिक रूपमा बुझाएका हुन्।
काठमाडौं, २८ साउन । रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट राजिनामा दिएको पत्र बुझाएका छन् ।
हिजो प्रतिनिधिसभाको बैठकमा राजीनामा दिने घोषणा गरेका सभापति खतिवडाले आज सभामुख देवराज घिमिरेसमक्ष आज औपचारिक रूपमा राजीनामा पत्र बुझाएका हुन् ।
संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’ प्रकरणमा मुछिएर बिबादित बनेको तथा सो बारेमा गठित संसदीय छानबिन समितिले सभापतिको हैसियतमा नैतिक जिम्मेवार ठहराएको थियो।
सो पछि उनले जिम्मेवारी स्विकार गर्दै हिजो संसदवाट राजिनामा दिने घोषणा गरेका थिए । जसअनुसार आज राजिनामा पत्र बुझाएका हुन् ।
उनले हिजो भनेका थिए, ‘प्रतिवेदनमा जिम्मेवारी भन्ने शब्द प्रयोग गरिएको हुँदा म जिम्मेवारी बोध गर्दै राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट आज हाँसीहाासी राजीनामा दिएको घोषणा गर्दछु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









