+
+

करदता शिक्षा सम्बन्धि अन्तरक्रिया

155 पटक हेरिएको
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न प्ले गर्नुहोस्
Clock २०८२ असार २०, शुक्रबार १९:५२
-- Sponsored --

AI सारांश

Fast AI

यस समाचारको मुख्य ३ वटा बुँदा निम्नानुसार छन्:

१. पाँचथर-फाल्गुनन्द गाँउपालिकामा करदाता शिक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ, जसमा स्थानीय तहमा ब्यवसाय दर्ता–नविकरण, कर सम्वन्धि आधारभुत विषयहरुका साथै आर्थिक अध्यादेश–२०८२ ले कर सम्वन्धमा प्रदान गरेका छुट सुविधा लगायतका बिषयहरुमा अन्तरक्रिया भएको थियो।

२. फाल्गुनन्द गाँउपालिकाको पञ्चमी र राँके बजारका उद्योगी व्यवसायी र करदाताहरुलाई करदाता शिक्षा प्रदान गरिएको छ, जसमा आय कर, मुल्य अभिवृद्धि कर, अन्तःशुल्क साथै विद्यमान् कर कानुन सो सम्वन्धमा उद्यमी व्यवसायी एवं करदाताले न्युनतम् पालना गर्नु पर्ने नियमहरुका बारेमा छलफल तथा अभिमुखीकरण गराईएको थियो।

३. कार्यक्रममा उद्यमी व्यवसायीहरुले झेल्नु परेका समस्याहरुका बारेमा छलफल तथा अन्तरक्रिया समेत भएको थियो, र स्थानीय उद्यमी व्यवसायी एवं करदाताहरुलाई स्थानिय स्तरमै करका विषयहरुमा जानकारी गराई कर सम्वन्धमा रहेका अन्यौलता हटाउन र करको दायरामा नआएका करदाताहरुलाई करको दायरामा आउन प्रोत्साहन र सहजिकरण गर्दै आवस्यक सहयोग पुर्याउने उद्धेश

रमेश थापा
पाँचथर-फाल्गुनन्द गाँउपालिकामा कदरदाता शिक्षा सम्बन्धि अन्तरक्रिया सम्पन्न भएको छ। करदाता सेवा कार्यालयको समन्वय तथा गाउँपालिकाको आर्थिक सहयोगमा सामाजिक शैक्षिक तथा पर्यावरणीय विकास नेपालको आयोजनामा अन्तरक्रिया सम्पन्न भएको हो। अन्तरक्रियामा स्थानीय तहमा ब्यवसाय दर्ता–नविकरण, कर सम्वन्धि आधारभुत विषयहरुका साथै आर्थिक अध्यादेश–२०८२ ले कर सम्वन्धमा प्रदान गरेका छुट सुविधा लगायतका बिषयहरुमा अन्तरक्रिया भएको थियो।
फाल्गुनन्द गाँउपालिकाको पञ्चमी र राँके बजारका उद्योगी व्यवसायी र करदाताहरुलाई करदाता शिक्षा प्रदान गरिएको छ। घुर्विसे पंचमी फाक्तेप बजार व्यवस्थापन समितिको समन्वयममा घुर्विसे पञ्चमीमा भएको कार्यक्रममा करदाता सेवा कार्यालय फिदिमका कर अधिकृत श्री वद्रि प्रसाद भेटवालले सहजिकरण गर्नु गरेका थिए।
घुर्विसे पञ्चमी वजार व्यवस्थापन समितिका अध्यक्ष देवी चन्द्र आङदेम्बेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा आय कर, मुल्य अभिवृद्धि कर, अन्तःशुल्क साथै विद्यमान् कर कानुन सो सम्वन्धमा उद्यमी व्यवसायी एवं करदाताले न्युनतम् पालना गर्नु पर्ने नियमहरुका बारेमा छलफल तथा अभिमुखीकरण गराईएको थियो। त्यस्तै व्यापार व्यवसाय गरिरहेका तर करको दायरामा नआएका उद्यमी व्यवसायी एवं करदातालाई करको दायरामा आएर आफ्नो व्यापार व्यवसाय बैधानिक वनाउन आग्रह गरिएको थियो। उक्त कार्यक्रममा उद्यमी व्यवसायीहरुले झेल्नु परेका समस्याहरुका बारेमा छलफल तथा अन्तरक्रिया समेत भएको थियो।
सबै उद्यमी व्यवसायी एवं करदातहरुलाई स्थानिय स्तरमै करका विषयहरुमा जानकारी गराई कर सम्वन्धमा रहेका अन्यौलता हटाउन र करको दायरामा नआएका करदाताहरुलाई करको दायरामा आउन प्रोत्साहन र सहजिकरण गर्दै आवस्यक सहयोग पुर्याउने उद्धेश्यले करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको सामाजिक शैक्षिक तथा पर्यावरणीय विकास नेपालका सचिव भिम बहादुर कार्कीले जानकारी दिए। अन्तरक्रिया कार्यक्रममा स्थानीय उद्यमी व्यवसायी एवं करदाताहरु जनप्रतिनिधि, कर्मचारी र संचारकर्मी सहित १८५ जनाको सहभागीता रहेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न यहाँ थिच्नुहोस्
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win