+
+

कविलाले–पिपलबोटे सडक स्तरोन्नति अधुरै, ठेक्का लिएर छाड्ने प्रवृत्तिले ६० लाख बजेट फ्रिज

400 पटक हेरिएको
Clock २०८२ श्रावण १६, शुक्रबार १९:४०
-- Sponsored --

मनोज थापा
पाँचथर – पाँचथरको कुम्मायक गाउँपालिका–५ मा पर्ने कविलाले–पिपलबोटे सडक स्तरोन्नति योजना समयमा सम्पन्न नहुँदा ६० लाख रुपैयाँ बजेट फ्रिज भएको छ। आर्थिक वर्ष २०८१/०८२ मा कोशी प्रदेश सरकारले सडक स्तरोन्नतिको लागि ८० लाख रुपैयाँ विनियोजन गरे पनि ठेक्का लिएर समयमा काम नगर्ने प्रवृत्तिका कारण योजना अलपत्र परेको हो।

सार्वजनिक खरिद ऐनअनुसार प्रतिस्पर्धात्मक प्रक्रियाबाट छनोट गरिएको थ्री लक्ष्मी निर्माण सेवा कम्पनीले ५० लाख रुपैयाँमा ठेक्का पाएको थियो। कम्पनीले २०८१ मंसिरदेखि सडक स्तरोन्नतिको काम थालेको थियो। ट्याक खोल्ने, सोलिङ, ग्याभिङ र नाली निर्माणको काम गर्नुपर्ने सम्झौताअनुसार, आर्थिक वर्षको अन्त्यसम्म करिब ४० प्रतिशत मात्रै काम सम्पन्न भएको प्राविधिक मूल्याङ्कनले देखाएको छ।

कुम्मायक गाउँपालिकाले सो मूल्याङ्कनका आधारमा २० लाख रुपैयाँ मात्र भुक्तानी गरेको छ भने, बाँकी ३० लाख ठेक्का रकम र थप ३० लाख प्रदेश सरकारको विनियोजित बजेट खर्च हुन नसकी कुल ६० लाख रुपैयाँ फ्रिज भएको सव–इन्जिनियर अर्पण लिम्बुले जानकारी दिए। उनका अनुसार कतिपय स्थानमा गुणस्तरहीन काम भएकाले निर्माण कम्पनीलाई सुधारका लागि निर्देशन दिइएको छ।

यस योजनामा सडक पर्दा सुरुआतमा उत्साहित बनेका स्थानीय हाल निराश छन्। “बल्लतल्ल बजेट पर्‍यो भनेर खुसी थियौं तर अहिले सडकको हालत पहिलेको भन्दा झन् बिग्रिएको छ,” निर्वतमान वडा सदस्य बीरबहादुर पाण्डे भन्छन्। उनका अनुसार सोलिङ पुरेर त्यसैमा फेरि कटिङ गरिएकोले सडकको ग्रेडिङ नमिल्दा हिँड्नै कठिन भएको छ।

स्थानीय झरेन्द्र खतिवडा भन्छन्, “अझ राम्रो होला भनेर लागेको सडक त अहिले हिँड्न पनि नसकिने भएको छ। लाखौं खर्चको काम देखिँदैन।”

गाउँपालिकाले यसअघि पनि २०७६ देखि २०७८ सम्म झन्डै १४ लाख रुपैयाँ खर्च गरेर सो सडकमा मर्मत सुधार गरेको थियो। तर योजना कार्यान्वयन, अनुगमन र व्यवसायीको जवाफदेहिताको अभावमा अहिलेको बजेट पनि प्रभावकारी रूपमा खर्च हुन सकेन।

सस्तो मूल्यमा ठेक्का लिएर जिम्मेवारीपूर्वक काम नगर्ने प्रवृत्तिले सार्वजनिक निर्माण क्षेत्रमा गम्भीर प्रश्न उठाएको छ। सार्वजनिक खरिद ऐनले तोकेको मापदण्डअनुसार मूल्य र दक्षता दुबै हेर्नुपर्ने भए पनि व्यवहारमा मूल्यलाई मात्र आधार बनाएको देखिन्छ। यो प्रकरणले सार्वजनिक बजेटको प्रभावकारी कार्यान्वयन, उत्तरदायित्व र अनुगमन संयन्त्र सुदृढ गर्नुपर्ने आवश्यकता देखाएको छ। स्थानीयहरूका अनुसार यो सडक कुम्मायक–४ र ५ को सिमा क्षेत्र कविलाले हुदै ५ नं. वडा केन्द्र पिपलबोटे पुग्ने महत्वपूर्ण सडक हो। तर सडकको अधुरो अवस्था र गुणस्तरप्रति देखिएको लापरबाहीले स्थानीय जनताको जीवनस्तर प्रभावित भएको छ।

स्थानीयवासीहरूले चाँडै काम सम्पन्न गरी सडक सञ्चालन योग्य बनाउन सरकार र सम्बन्धित निकायसँग जोडदार माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win