0 प्रतिक्रिया
नेप्सेमा दोहोरो अंकको गिरावट, १० अर्बको कारोबार
AI सारांश
Fast AIनेप्सेमा आज दोहोरो अङ्कको गिरावट आएको छ, जसमा २५.४६ अङ्कको गिरावट आउदा ओरालो २७०१.९० विन्दुमा रोकिएको छ। आज ३२८ कम्पनिको कारोबार हुदा दुई करोड २२ लाख ६२ हजार ९२४ कित्ता शेयर १० अर्ब १२ करोड २४ लाख आठ हजार २४८ को खरिद बिक्री भएको छ। नेप्सेका अनुसार आज माहुली लघुवित्त, सिर्जनशिल लघुवित्त, मिड सोलु हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ।
काठमाडौँ । नेप्सेमा आज दोहोरो अङ्कको गिरावट आएको छ । आइतबार नेप्सेमा २५.४६ अङ्कको गिरावट आउदा ओरालो २७०१. ९० विन्दुमा रोकिएको छ ।
आज ३२८ कम्पनिको कारोबार हुदा दुई करोड २२ लाख ६२ हजार ९२४ कित्ता शेयर १० अर्ब १२ करोड २४ लाख आठ हजार २४८ को खरिद बिक्री भएको छ ।
नेप्सेका अनुसार आज माहुली लघुवित्त, सिर्जनशिल लघुवित्त, मिड सोलु हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, आज थ्री स्टार हाइड्रोपावर १०, कुमारी इक्विटी फण्ड आठ दशमलव शून्य सात, गुडविल फाइनान्स छ दशमलव शून्य पाँच, डोल्टी पावर कम्पनी चार दशमलव ५४ र मातृभूमि लघुवित्तका लगानीकर्ताले चार दशमलव ४५ प्रतिशतले गुमाएका छन् ।
आज सबैभन्दा बढी सिइडीबी हाइड्रोको ४२ करोड १९ लाखको कारोबार भएको छ भने हाइड्रोइलेक्ट्रीसिटी हाइड्रोको सबै भन्दा बढी २२ लाख २३ हजार ४७४ कित्ता शेयर कारोबार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









