0 प्रतिक्रिया
त्रिभूवन आर्मीलाई हराउदै फिदिम स्पोटिङ फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा
AI सारांश
Fast AI१. पाँचथरको फिदिममा जारि ११ औँ संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनल खेलमा त्रिभूवन आर्मि फुटबल क्लबलाई आयोजक फिदिम स्पोर्टिङ क्लबले पराजित गरेको छ ।
२. गोलरहित बराबरी खेलमा टुङगीएपछी खेल टाइब्रेकर धकेलिएको थियो, जहाँ फिदिम स्पोर्टिङ क्लबले त्रिभूवन आर्मी क्लबलाई ४-२ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
३. प्रतियोगिताको फाइनल खेल पुस १५ गते हुने छ, जहाँ विजेताले उपाधिसहित नगद १० लाख ५ सय ५५ रुपैँया पाउने छ, जबकि उपविजेताले ५ लाख ५ सय ५५ रुपैँया पाउने छ ।
पाँचथर । पाँचथरको फिदिममा जारि ११ औँ संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनल खेलमा त्रिभूवन आर्मि फुटबल क्लबलाई आयोजक फिदिम स्पोर्टिङ क्लबले पराजित गरेको छ ।
फिदिम मा.वि को खेल मैदानमा सोमबार भएको खेलमा त्रिभूवन आर्मि क्लबलाई टाइबे्रकरमा ४–२ ले पराजित गर्दै फिदिम स्पोर्टिङ क्लब सेमिफाइनलमा प्रवेश गरेको हो।
गोलरहित बराबरी खेलमा टुङगीएपछी खेल टाइब्रेकर धकेलिएको थियो। त्रिभूवन आर्मी फूटबल क्लबको तर्फबाट टाइब्रेकरमा निरज कुमार घिसिङ र सन्तोष केसीले गोल गर्न सफल भए।
सिदान्त चौधरी र सुजीत शाहीको प्रहार फिदिम स्पोटिङका गोल रक्षक मिराक खजुमले उत्कृष्ट बचाउ गर्दा फिदिम स्पोर्टिङले खेल आफ्नो पक्षमा पार्न सफल भएको हो। फिदिम स्पोर्टिङको तर्फबाट आशिश चापागाई, विशाल दर्जी, राम वाजी र निरोज लिङदेनले गोल गरेका थिए। शुकराज राईको प्रहार भने आर्मीका गोलरक्षक नविन परियारले बचाएका थिए।प्रतियोगिताको मेन अफ दि म्याच फिदिम स्पेर्टिङका विशाल दर्जी बनेका छन् भने उनले नगद १० हजार प्राप्त गरेका छन्।
गोल्डकपको फाइनल खेल पुस १५ गते हुने छ। विजेताले उपाधिसहित नगद १० लाख ५ सय ५५ रुपैँया पाउने छ। उपविजेताले ५ लाख ५ सय ५५ रुपैँया पाउने छ। प्रतियोगितामा नेपालका चार ए डिभिजन क्लवहरुसहित दश टिमको सहभागिता रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
muktinath bikash bank
4 Stories
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
2 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories
एसियान पैन्ट
7 Stories











