+
+

लालबहादुर आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो स्विटर वितरण

50 पटक हेरिएको
Clock २०८२ पुष १७, बिहीबार ०९:१८
-- Sponsored --

AI सारांश

Fast AI

यहाँ ३ वटा बुँदामा सारांश दिन्छु:

* फाल्गुनन्द–७, वाँसागुको लालबहादुर आधारभूत विद्यालयमा अध्ययनरत बाल कक्षादेखि कक्षा ८ सम्मका विद्यार्थीहरूलाई न्यानो स्विटर वितरण गरिएको।
* विद्यालयका शिक्षक लक्ष्मी कोइराला (मिश्र) को सौजन्यमा ८५ जना विद्यार्थीलाई न्यानो स्विटर वितरण गरिएको हो, जस्ले विद्यालय उपस्थिति र अध्ययन वातावरण सहज बनाउने अपेक्षा गरिएको।
* सामग्री वितरण कार्यक्रमको व्यवस्थापन तथा समन्वय विद्यालय प्रशासनले गरेको र विद्यालयले सौजन्यकर्ता लक्ष्मी कोइराला तथा वहाँको परिवारजनप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।

पाँचथर- जाडोयाममा विद्यार्थीहरूको स्वास्थ्य र नियमित पठनपाठन सुनिश्चित गर्ने उद्देश्यले फाल्गुनन्द–७, वाँसागुको लालबहादुर आधारभूत विद्यालयमा अध्ययनरत बाल कक्षादेखि कक्षा ८ सम्मका विद्यार्थीहरूलाई न्यानो स्विटर वितरण गरिएको छ।

२०८२ साल पुस १६ गते बुधबार सम्पन्न उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकुमार कुरुम्बाङको अध्यक्षता रहेको थियो भने फाल्गुनन्द गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष देउकुमार आङ्देम्बे प्रमुख अतिथिका रूपमा सहभागी रहनुभएको थियो। कार्यक्रममा पूर्व गाउँपालिका अध्यक्ष वीरबहादुर कुरुम्बाङसहित जनप्रतिनिधि तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो।

विद्यालयका शिक्षक लक्ष्मी कोइराला (मिश्र) को सौजन्यमा ८५ जना विद्यार्थीलाई न्यानो स्विटर वितरण गरिएको हो। यस सहयोगले चिसो मौसममा बालबालिकाको दैनिक विद्यालय उपस्थिति र अध्ययन वातावरण सहज बनाउने अपेक्षा गरिएको विद्यालयका प्रधानाध्यापक डम्बर हाङ आङ्देम्बेले बताउनुभयो।

सामग्री वितरण कार्यक्रमको व्यवस्थापन तथा समन्वय विद्यालय प्रशासनले गरेको विद्यालयले जनाएको छ। साथै, यस मानवीय सहयोगप्रति सौजन्यकर्ता लक्ष्मी कोइराला तथा वहाँको परिवारजनप्रति विद्यालय परिवारले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win