0 प्रतिक्रिया
शिक्षक चेम्जोङको विदाइ, ५० हजारको अक्षयकोषबाट उत्कृष्ट शिक्षक सम्मान गर्ने
AI सारांश
Fast AIयस नेपाली समाचारलाई ३ वटा बुँदामा छोटो सारांश निम्नानुसार लेख्न सकिन्छ:
१. पाँचथरको कुम्मायक गाउँपालिका–५ को महेन्द्रोदय माविकाका शिक्षक गणेश चेम्जोङको ६० वर्षे उमेर हदको कारण २०८१ मंसिर २१ गते अनिवार्य अवकाश भएको थियो।
२. विद्यालयले एक कार्यक्रमको आयोजना गरी शिक्षक चेम्जोङलाई विदाई गरेको छ।
३. विद्यालयबाट बिदाई भएसंगै शिक्षक चेम्जोङले नगद ५० हजार रुपैयाँको बुवा आमाको स्मृतिमा “स्व.जर्णसिं चेम्जोङ र स्व. दिलमती सम्बाहाम्फे (चेम्जोङ ) स्मृति शिक्षक सम्मान अक्षयकोषको घोषणा गर्नुभएको छ।
रमेश थापा
पाँचथर-पाँचथरको कुम्मायक गाउँपालिका–५ को महेन्द्रोदय माविका शिक्षक गणेश चेम्जोङको एक कार्यक्रमका बीच बिदाइ गरिएको छ। आइतवार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच शिक्षक चेम्जोङको विदाइ गरिएको हो। २०४७ साल फागुन २ गतेबाट निमावि तहमा शिक्षण सेवा आरम्भ गरेका चेम्जोङको ६० वर्षे उमेर हदको कारण २०८१ मंसिर २१ गते अनिवार्य अवकास भएको थियो। अवकास भएका चेम्जोङलाई विद्यालयले एक कार्यक्रमको आयोजना गरी विदाइ गरेको हो। उहाँलाई मायाँको चिनो सहित खादा र फुलमाला सहित विदाई गरिएको विद्यालयका प्रधानाध्यापक राजेन्द्र बुढाथोकीले जानकारी दिनुभयो। विद्यालयबाट बिदाई भएसंगै शिक्षक चेम्जोङले नगद ५० हजार रुपैयाँको बुवा आमाको स्मृतिमा “स्व.जर्णसिं चेम्जोङ र स्व. दिलमती सम्बाहाम्फे (चेम्जोङ ) स्मृति शिक्षक सम्मान अक्षयकोषको घोषणा गर्नुभएको छ। अक्षयकोषको व्याजदरबाट वार्षिक रुपमा उत्कृष्ट शिक्षकलाई सम्मान गर्ने शिक्षक चेम्जोङको भनाइ छ। अक्षयकोषको कार्यविधि बनाएर शिक्षक सम्मान कार्यक्रम गर्ने चेम्जोङको योजना छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









