+
+

पाँचथर गोल्डकप : उपाधीका लागि मछिन्द्र र नमो बुद्धले खेल्ने

206 पटक हेरिएको
Clock २०८१ चैत्र २, शनिबार ०९:४१
-- Sponsored --

AI सारांश

Fast AI

१. पाँचथर गोल्डकपको उपाधिका लागि मछिन्द्र एफसी र नमो बुद्ध युथ क्लब आज खेल्ने भएका छन्।
२. प्रतियोगिताको विजेताले उपाधिसहित ११ लाख १ हजार १ सय ११ रुपैँया प्राप्त गर्नेछ भने उपविजेताले नगद ५ लाख ५५ हजार ५ सय ५५ रुपैँया प्राप्त गर्नेछ।
३. प्रतियोगितामा नेपालका चार ए डिभिजन सहित ८ टिमको सहभागिता भएका थिए।

पाँचथर । पाँचथरको फिदिममा जारी ५ औँ संस्करणको पाँचथर गोल्डकपको उपाधिका लागि आज मछिन्द्र एफसी र नमो बुद्ध युथ क्लबले खेल्ने भएका छन्।
मछिन्द्रले सेमिफाइनल खेलमा पथरी–११ लाई ३–१ गोलले पराजित गर्दै उपाधि नजिक पुगेको हो भने नमो बुद्धले लिग लिडर चर्च बोइजलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।
फिदिम मा.विको खेलमैदानमा सञ्चालन भइरहेको खेल दिनको २:३० बजेदेखी हुने आयोजकले जनाएको छ।
प्रतियोगिताको विजेताले उपाधिसहित ११ लाख १ हजार १ सय ११ रुपैँया प्राप्त गर्नेछ। उपविजेताले नगद ५ लाख ५५ हजार ५ सय ५५ रुपैँया प्राप्त गर्नेछ।
खेलको म्यान अफ दि म्याचले ७ हजार ५ सय, उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्ताले १० हजार पाउने छन्। त्यस्तै म्यान अफ दि टुर्नामेन्ट र राईजिङ प्लेयरले १५ हजार प्राप्त गर्दा खेलको फ्यान अफ दि म्याचले २ हजार ५ सय प्राप्त गर्ने आयोजक पाँचथर क्लब पाँचथरका अध्यक्ष कमल तुम्रोकले जानकारी दिनुभयो।
प्रतियोगितामा नेपालका चार ए डिभिजन सहित ८ टिमको सहभागिता भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win