+
+

दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा फेरि अर्को उजुरी

49 पटक हेरिएको
Clock २०८१ चैत्र १७, आईतवार १६:२५
-- Sponsored --

AI सारांश

Fast AI

१. दुर्गा प्रसाईं विरुद्ध साइबर ब्युरोमा फेरि अर्को उजुरी परेको छ, जसमा उनले झूटा, भ्रामक, र जनमानसमा गलत धारणा फैलाउने अभिव्यक्ति दिएको भनिएको छ।
२. प्रसाईले नेपालमा समलिङ्गी विवाह युएसएडको वित्तीय सहयोगमा लागू गरिएको भन्ने झूटा, भ्रामक अभिव्यक्ति दिएको भिडियो टिकटकमार्फत बाहिरिएपछि उजुरी दिएको हो।
३. उजुरीमा प्रसाईं विरुद्ध कानुनी अनुसन्धान गरी आवश्यक कारबाही अगाडि बढाउने, भ्रामक अभिव्यक्ति हटाउन तथा सार्वजनिक रूपमा माफि माग्न लगाउने माग समेत राखिएको छ।

काठमाडौं । मेडिकल व्यवसायी तथा राजसंस्था पुर्नस्थापनाका पक्षधर दुर्गा प्रसाईं विरुद्ध साइबर ब्युरोमा फेरि अर्को उजुरी परेको छ ।

प्रसाईले झूटा, भ्रामक, र जनमानसमा गलत धारणा फैलाउने अभिव्यक्ति दिएको भन्दै अधिकारकर्मी टिकाराम भुसालले काठमाडौंको साइबर ब्युरोमा उजुरी दिएका हुन् ।

प्रसाईले नेपालमा समलिङ्गी विवाह युएसएडको वित्तीय सहयोगमा लागू गरिएको भन्ने झूटा, भ्रामक अभिव्यक्ति दिएको भिडियो टिकटकमार्फत बाहिरिएपछि भुसालले झुटा सूचना प्रवाह र अदालतको मानहानीसम्बन्धी उजुरी दिएका छन् ।

उनको निवेदनमा लेखिएको छ ‘टिकटकमार्फत नेपालमा समलिङ्गी विवाह युएसएडको वित्तीय सहयोगमा लागू गरिएको भन्ने पूर्ण रूपमा झूटा, भ्रामक, र जनमानसमा गलत धारणा फैलाउने अभिव्यक्ति दिएका छन्। यस किसिमको गलत सूचना सार्वजनिक रूपमा प्रसारण गर्नु पुर्णरुपमा कानुन विपरित र सम्मानित सर्वोच्च अदालतले मिति २०८० आषाढ १२ गते यौनिक तथा लैङ्गिक अल्पसंख्यक ब्यक्तीहरुको विवाह दर्ता गरिदिनु भनि सरकारको नाममा दिएको आदेशलाई लिएर अदालतको अपमान÷अवहेलना समेत हो ।’

उनले अदालतको आदेशप्रति अपमानजनक अभिव्यक्ति दिएका भन्दै निवेदनमा विभिन्न माग समेत राखेका छन् ।

केही दिनअघि सोही अभिव्यक्तिप्रति आपत्ति जनाउँदै मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले प्रसाईंविरुद्ध उजुरी दिएका हुन् । प्रसाईंले यौनिक तथा अल्पसंख्यक समुदायलक्षित घृणा फैलाउने अभिव्यक्ति दिएको उजुरीमा उल्लेख छ ।

मागहरु   

१. श्री दुर्गा प्रसाईविरुद्ध कानुनी अनुसन्धान गरी आवश्यक कारबाही अगाडि बढाइयोस्।

२. भ्रामक अभिव्यक्ति हटाउन तथा सार्वजनिक रूपमा माफि माग्न लगाइयोस्।

३. भविष्यमा यस्ता गलत सूचना प्रवाह नगर्न सचेत गराइयोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win