+
+

पाँचथरमा एमालेको ५३९९ सदस्यीय निर्वाचन परिचालन समिति घोषणा

341 पटक हेरिएको
Clock २०८२ माघ ११, आईतवार ११:२६
-- Sponsored --

AI सारांश

Fast AI

१. नेकपा (एमाले) पाँचथर जिल्ला कमिटीको नवौँ विस्तारित बैठक शनिबार जिसस हल, फिदिममा सम्पन्न भएको छ।
२. बैठकले जिल्ला, पालिका, वडा, टोल तथा जनवर्गीय संगठनका पदाधिकारीहरू समेट्दै ५३९९ सदस्यीय निर्वाचन परिचालन समिति घोषणा गरेको छ।
३. बैठकले निर्वाचन केन्द्रित पालिका कमिटीको बैठक माघ १४ गते र वडा कमिटीको बैठक माघ १८ गते सम्पन्न गर्ने निर्णय गरेको छ।

मनोज थापा
पाँचथर-पाँचथरमा नेकपा (एमाले) जिल्ला कमिटीको नवौँ विस्तारित बैठक शनिबार जिसस हल, फिदिममा सम्पन्न भएको छ। बैठकले जिल्ला, पालिका, वडा, टोल तथा जनवर्गीय संगठनका पदाधिकारीहरू समेट्दै ५३९९ सदस्यीय निर्वाचन परिचालन समिति घोषणा गरेको छ, जुन आगामी निर्वाचन तयारीको मुख्य आधारको रूपमा लिइएको छ।
बैठकको अध्यक्षता जिल्ला कमिटी अध्यक्ष विष्णु प्रसाद सापकोटाले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा नेकपा (एमाले) केन्द्रीय सदस्य तथा पाँचथर इन्चार्ज, पाँचथर जिल्ला प्रतिनिधि सभा सदस्य उम्मेदवार अइन्द्र सुन्दर नेम्बाङ रहनुभएको थियो।
कार्यक्रममा केन्द्रीय सदस्यद्वय आशारत्न जबेगु र भूमिका सुब्बा लिम्बु, केन्द्रीय सल्लाहकार परिषद् सदस्य श्रीप्रसाद जबेगु तथा केन्द्रीय निर्वाचन आयोग सदस्य कृष्णकुमार आङदेम्बेले शुभकामना मन्तव्य राख्दै संविधान रक्षा, लोकतन्त्रको संरक्षणको लागि नेकपा (एमाले) निर्वाचनमा विजयी हुने र पाँचथरमा नेम्बाङको जित सुनिश्चित रहेको उल्लेख गर्नुभएको थियो।


प्रमुख अतिथि अइन्द्र सुन्दर नेम्बाङले आफ्नो जित सुनिश्चित रहेको भन्दै यस जित सिङ्गो नेकपा (एमाले) र पाँचथरका जनताको जित हुने भएकोले सबैले साथ र सहयोग गर्न आग्रह गर्नुभएको थियो।
बैठकमा जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरू, जिल्ला सचिवालय, पूर्व जिल्ला सदस्यहरू, जिल्ला सल्लाहकार परिषद्, जिल्ला लेखा आयोग, जिल्ला जेष्ठ कम्युनिष्ट मञ्च, आठवटै पालिका कमिटीका पदाधिकारीहरू, ६० वटै वडा कमिटी अध्यक्षहरू, विभिन्न जनसंगठनका जिल्ला पदाधिकारीहरू तथा प्रदेश र केन्द्रीय तहका नेता–कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो।
बैठकले निर्वाचन केन्द्रित पालिका कमिटीको बैठक माघ १४ गते र वडा कमिटीको बैठक माघ १८ गते सम्पन्न गर्ने निर्णय गरेको छ। साथै, पार्टीका सम्पूर्ण कार्यकर्तालाई सक्रिय रूपमा निर्वाचन अभियानमा होमिन निर्देशन दिइएको छ।
जेनजी आन्दोलनपछि संविधान र लोकतन्त्रको रक्षाका लागि नेकपा (एमाले) पाँचथरले यसअघि नै ६० वटै वडा तथा आठवटै पालिकामा बैठकहरू सम्पन्न गरिसकेको छ। एमालेले पाँचथर जिल्लाबाट प्रत्यक्षतर्फका प्रतिनिधि सभा सदस्य उम्मेदवार अइन्द्र सुन्दर नेम्बाङलाई केन्द्रमा राख्दै चुनावी कार्यक्रमहरू तीव्र पारिएको नेकपा (एमाले) पाँचथरका सचिव पृथ्वी लावतीले जानकारी दिनुभएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win